बाँकेमा विद्यार्थी केन्द्रित ट्राफिक सचेतना अभियान

सदरलाइन संवाददाता १९ फाल्गुन २०७९, शुक्रबार १४:४२
 

नेपालगञ्ज : बाँकेमा सवारी दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीले सवारी चेकजाँचसँगै सचेतनामुलक अभियानमा पनि तिव्रता दिन थालेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका इञ्चार्ज प्रहरी निरीक्षक हिमालय शाहले कारवाहीले मात्रै सवारी दुर्घटनामा कमी आउन नसक्ने भएकाले सचेतनामुलक अभियानमा पनि जोड दिइएको बताए ।

“सवारी नियमको पूर्ण पालना गर्ने हो भने पनि दुर्घटनामा कमी आउछ,” ट्राफिक इञ्चार्ज शाहले भने,– प्रत्येक ब्यक्तिले सवारी नियमको ज्ञान लिई पूर्ण पालना गर्न आवश्यक छ ।

ट्राफिक प्रहरीले सचेतनामुलक अभियानका लागि विद्यालयमै पुगेर ट्राफिक चिन्ह र नियम र कारवाहीको बारेमा अभिमुखिकरण गर्ने गरिएको छ । पछिल्लो पटक कोहलपुरको त्रिभुवन माध्यामिक विद्यालयमा अध्ययनरत छात्रछात्राहरुलाई ट्राफिक नियमहरुबारे सिकाईएको छ ।


ट्राफिक प्रहरी हवल्दार सबिता रावलले विद्यार्थीहरुलाई ट्राफिक नियमबारे जानकारी दिई सुरक्षितरुपमा जेब्राक्रसिङको प्रयोग कसरी गर्ने भनेर सिकाइएको बताइन् ।

बाँकेमा रहेका सबै ट्राफिक बुथहरुले प्रत्येक दिन ट्राफिक सचेतना सम्बन्धि कार्यक्रम गरि जिल्ला ट्राफिकमा अनिवार्यरुपमा जानकारी गराउनुर्ने नियम नै बनाइएको छ । शैक्षिक संस्थाहरु सडक किनारमा भएका वा विद्यार्थीहरु लामो सडकयात्रा पार गरेर विद्यालय पुग्नुपर्ने अवस्था रहेका कारण ट्राफिक प्रहरीले विद्यार्थी केन्द्रीत अभियान चलाएको हो ।

यसैगरी सवारी चालक र यात्रुहरुलाई समेत विभिन्न समयमा नियमबारे सचेत बनाउने गरिएको छ । विद्यालय आसपासका क्षेत्रमा सवारी दुर्घटनाको जोखिम बढि हुने गरेका कारण पनि विद्यार्थीमाझ यसखालका कार्यक्रम केन्द्रित गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कोहलपुर नगरपालिका–१४ मा बृहद् सरसफाई

१९ फाल्गुन २०७९, शुक्रबार १४:४२
कोहलपुर (बाँके) : बाँकेको कोहलपुर नगरपालिका–१४ मा आज बृहद् सरसफाई गरिएको छ । कोहलपुर नगर प्रहरीको आयोजनामा वडाको राजमार्ग क्षेत्र र भित्री बस्तीको सरसफाई गरिएको कोहलपुर नगर प्रहरी प्रमुख वीरबहादुर थापाले जानकारी दिए । जनप्रतिनिधि, स्थानीय क्लब, स्थानीयबासीसँगको सहकार्य र समन्वयमा उनीहरुको प्रत्यक्ष सहभागितामा सरसफाई गरिएको हो । कोहलपुर नगरपालिकाका […]

सम्बन्धित