जनचेतनाका कारण मानव बेचविखन बिरुद्धका घटना घट्दो अवस्थामा

१८ पुष २०७६, शुक्रबार ०९:४१
 

सदरलाइन / लक्ष्मी तिमिल्सेना,
नेपालगञ्ज  :जनचेतना बुद्धिका कारण  पछिल्ला ३ बर्ष यता मानव बेचविखन तथा ओसारपसारका घटनामा केहि कमी आएका छन् । मानव बेचबिखन बिरुद्ध कार्यरत संस्था माईती नेपालले सार्वजनिक गरेको बार्षिक घटना बिवरण प्रतिबेदन तथ्याङकमा सन २०१७ मा भन्दा सन २०१८ मा र सन २०१८ मा भन्दा सन २०१९ मा केहि मात्रामा मानव बेचविखन तथा ओसारपसारका घटनामा कमी आएका हुन् ।
सन २०१७ मा जोखिमपुर्ण यात्रामा रहेका, श्रम र यौन शोषणमा परी उद्दार गरिएका, खोज तलासको निवेदन परेका र बेचबिखनका घटना दर्ता भएकाको संङख्या १ हजार ९ सय ७६ वटा थियो ।
जस मध्ये मानवबेचविखन तथा सुरक्षीत बसाईसराईबारे जानकारी दिई पारिवारिक पुनरमिलन गराईएका र सिमाबाट परामर्श दिई घर फिर्ता गराईएकाको संङख्या १ हजार ३ सय ३९ थियो । सन २०१८ मा जोखिमपुर्ण यात्रामा रहेका, श्रम र यौन शोषणमा परी उद्दार गरिएका, खोज तलासको निवेदन परेका र बेचबिखनका घटना दर्ता भएकाको संङख्या घटेर १ हजार ८ सय ८४ पुगेको थियो ।
जस मध्ये मानवबेचविखन तथा सुरक्षीत बसाईसराईबारे जानकारी दिई पारिवारिक पुर्नरमिलन गराईएका र सिमाबाट परामर्श दिई घर फिर्ता गराईएकाको संङख्या १ हजार ३ सय २ थियो । सन २०१९ सम्म आईपुग्दा भने जोखिमपुर्ण यात्रामा रहेका, श्रम र यौन शोषणमा परी उद्दार गरिएका, खोज तलासको निवेदन परेका र बेचबिखनका घटना दर्ता भएकाको संङख्या घटेर ८ सय ९६ पुगेको तथ्याङक माईती नेपालसंग छ ।
सन २०१९ मा १ हजार १ सय ३५ जनालाई मानवबेचविखन तथा सुरक्षीत बसाईसराईबारे जानकारी दिई पारिवारिक पुर्नरमिलन गराईएको र सिमाबाट परामर्श दिई घर फिर्ता गराईएको थियो । यो गत बर्ष भन्दा उद्दार गरिएकाहरु मध्ये ९ सय ८८ ले कम हो ।
माइती नेपाल नेपालगन्जका संयोजक केशव कोइरालाका अनुसार, पछिल्लो समय समाजिक सञ्जालको दुरुपयोगका कारण मानव बेचविखन थप जोखिमपूर्ण बन्दै गएको छ । पछिल्लो समय जमुनाहा नाका मानव बेचविखनका लागि बढी प्रयोग गरिने नाका भएको उनले बताए ।
मानव तस्करीमा केही ब्यक्ति पक्राउ परे पनि मुख्य अभियुक्त र तस्करहरु कानूनी कारवाहीबाट उम्कने गरेको संयोजक कोइराला जानकारी दिए ।
जनचेतनाको कमि, मानव तस्करीमा अपनाईने नयाँ नयाँ तरिकाले देशमा बढ्दै गएको मानव तस्करीको जालोलाई तोड्नका लागी उचित र प्रभावकारी नियन्त्रणका उपायहरु कार्यान्वयनमा आउन नसक्दा मानव बेचबिखनका घटनामा बढोत्तरी भैरहेको उनको भनाई छ ।
स्थानीय सरकारलाई सचेत गराउने, ग्रामिण स्तरसम्म मानव बेचबिखन बिरुद्धमा जनचेतना फैलाउने, सिमा क्षेत्रमा निगरानि बढाउने, लगायतका कार्य गर्न सकिएमा मानव बेचबिखन तथा अबैध ओसारपसारको रोकथाम गर्न सघाउ पुग्न सक्ने उनको तर्क छ ।
माईती नेपाल नेपालगञ्जमा हराईएका बालबालिका एवं महिलाहरु खोजतलास तथा उद्वारका लागी सन २०१९ को जनवरी देखि २०१९ को डिसेम्बर सम्म १ सय ८८ वटा निवेदनहरु आएका छन् ।
जस मध्य नेपालगन्ज उपमहानगरपालिका बाट ४३ वटा, कोहलपुर नगरपालिका बाट ६३ वटा, राप्तिसोनारी र खजुरा गाँउपालिका बाट १९—१९ वटा, डुडुवा गाँउपालिका बाट १२ वटा, वैजनाथ गाँउपालिका बाट २५ वटा र जानकी गाँउपालिका बाट ७ वटा निवेदन परेका थिए ।
यो तथ्याङकलाई हेर्ने हो भने हराईएका बालबालिका एवं महिलाहरु खोजतलास तथा उद्वारका लागि बाँके जिल्लामा सबैभन्दा बढी निवेदन कोहलपुर नगरपालिकाबाट आउने गरेको देखिन्छ ।

Next Post

बाँकेमा चट्टयाङ्गका कारण पाँच घाइते

१८ पुष २०७६, शुक्रबार ०९:४१
सदरलाइनडटकम, नेपालगञ्ज  :  शुक्रबार बिहान परेको चट्टयाङ्गका कारण बाँकेमा पाँचजना घाइते भएका छन् भने चट्टयाङ्ग लागेर एक चौपायको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक बीरबहादुर ओलीले दिएको जानकारी अनुसार शुक्रबार बिहान करिव  पौने पाँच बजेतिर  नेपालगञ्ज–१३ महापुरवाका ५४ वर्षिय गुरुदिन खटिकको घरमा चट्टयाङ्ग […]

ताजा अपडेट