नरैनापुरमा दशैँको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

सदरलाइन संवाददाता १३ आश्विन २०७९, बिहीबार १६:०६
 

नरैनापुर (बाँके) : बाँकेको नरैनापुर गाँउपालिकाले बिहीबार दशै मिलन तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ ।

नरैनापुरका प्रमुख प्रशासकिय अधिकृत मणिराम खरालको अध्यक्षतामा सम्पन्न कार्यक्रम मा बोल्दै प्रमुख प्रशासकिय अधिकृत खरालले समाज रुपान्तरणका लागि कुराभन्दा काम गर्न अझै बाँकी रहेको बताए । हरेक ब्यक्तिले आफ्नो क्षमता वृद्धि सगै आर्थिक शसक्तिकरनका लागि कदम उठाउन अत्ययनत आवश्यक रहेको खरालले जिकिर गरे ।

यसैगरी कार्यक्रम बोल्दै वडा नं. ४ का अध्यक्ष मनोज शर्माले शक्तिकी देबि दुर्गा माताले हरेक महिलाहरुलाई शक्तिका साथै हरेक नागरिकहरुको उत्थानका लागि काम गर्ने प्रेरणाका साथै शक्ति प्रदान गरून् भन्दै दशैको शुभकामना दिए ।


वडा नं. ६ का अध्यक्ष प्रेम मौर्यले हिन्दु धर्मावलम्बीहरुको महत्वपूर्ण पर्व बडा दशैले हरेक नागरिकलाइ खुशी, उमङका साथै आर्थिक भारकै कारणले दशै कसैका लागि दशा नबनोस साथै आफ्नो गक्ष अनुसार पर्बलाइ हरेकले भित्र्याउन सफल हुन सकुन भन्दै दशैको शुभकामना व्यक्त गरे ।

यसैगरी जिन्सी शाखाका प्रमुख भरत महतोले दशै पर्बमा दुर्गामाताले हरेक नागरिकलाई आर्दश मुल्य मान्यता शुसासन जस्ता कुराको पालना गर्ने सत्बुद्धि देउन भन्दै दशैको शुभकाना दिए । शुभ कामना अदान प्रदान कार्यक्रमका नरैनापुर पालिका अन्तरगत शिक्षा, स्वास्थ्य, महिला विकास, पशु लगायत शाखाका प्रमुख प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

लुम्बिनीमा बिजुली बस बिहीवारदेखि सञ्चालनमा

१३ आश्विन २०७९, बिहीबार १६:०६
नेपालगञ्ज : लामो समयदेखि लुम्बिनीमा थन्किएका बिजुली बस बिहीवारदेखि सञ्चालनमा आएका छन् । दशैँको अवसर पारेर लुम्बिनी विकास कोषले आजदेखि विद्युतीय गाडीको अफिसियल यान्त्रिक परीक्षण स्वरुप सञ्चालनमा ल्याएको हो । लुम्बिनी विकास कोषका उपाध्यक्ष अवधेशकुमार त्रिपाठी, प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डे, कोषका कोषाध्यक्ष सिद्धिचरण भट्टराईले शुभारम्भ गरे । पाँचवटा विद्युतीय […]

सम्बन्धित