
सदरलाइनडटकम,
कपिलबस्तु : ठूलो परिमाणको लागुऔषध कपिलबस्तु प्रहरीले बरामद गरेको छ । सुराकीको आधारमा ईलाका प्रहरी कार्यालय गणेशपुरका प्रहरी निरीक्षक नबिन पौडेलको नेतृत्लमा गएको टोलीले कृष्णनगर नगरपालिका वडा नं. १० खैरा गाउँबाट साढे ७ किलो चरेश बरामद गरेको हो ।
स्थानीय रफीक अमिन खाँको घर खान तलासी गर्दा उक्त चरेश बरामद भएको प्रहरीले जनाएको छ । घरका सबै सदस्य फरार रहेकोले खोजी कार्य भईरहेका प्रहरी निरीक्षक पौडेलले बताए ।