राप्तीसोनारीका बिपन्न परिवारलाई खाद्यान्न सहयोग

१२ पुष २०७६, शनिबार १६:२३
 

सदरलाइनडटकम,
राप्तीसोनारी (बाँके) : राप्तीसोनारी गाँउपालिकामा असहाय बिपन्न बर्गलाई लत्ता कपडा तथा खाद्यान्न सहयोग गरिएको छ । एन.आर.एन निवर्तमान संयोजक जर्मनका महेन्द्र धितालको आर्थिक सहयोगमा वडा नं. ८ शम्सेरगन्जका १० परिवारलाई लत्ता कपडा र चामल बितरण गरिएको हो ।
राप्तिसोनारी गाँउपालिका वडा नं. ८ मा रहेका केहि बिपन्न र आर्थिक अबस्था कमजोर भएका परिवारलाई सहयोग गरिएको कार्यक्रमका संयोजक नन्द चन्द ठकुरीले बताए । उनले भने बिदेशमा रहेका महेन्द्र धितालले सहयोग गर्ने भनेपनि यस वडामा रहेका बिपन्न र आर्थिक अबस्था कमजोर भएकाहरुलाई सहयोग गरिएको हो ।
कार्यक्रममा बोल्दै गोर्ख बहादुर पुरीले यस खालको सहयोगले नेपालीहरु बिदेशमा रहेर पनि सहयोग गर्न आतुर रहेको जनाए । उनले भने यस्ता खालका सहयोगले उनीहरुलाइ सम्पन्ता भन्दा पनि उनीहरुको मनोबल बढाउन सहयोग गर्ने जनाए । कार्यक्रमका बारेमा जानकारी दिदै नन्द चन्द ठकुरीले हामी हलिे यस वडा समिति रहेकोमा आगामी बर्षमा यस्ता खालका सहयोगि मन भएकाहरुका लागि आफु र आफुसंग सम्पर्कमा रहेका ब्यक्तिहरुमार्फत सहयोग गर्ने बातावरण मात्र बनाएको बताए ।
कार्यक्रममा सहयोग पाएपछि स्थानियहरु प्रफुल्ल बनेका छन । यस्ता खालका सहयोग गर्ने मनहरुलाई धन्यवाद समेत दिएका थिए । सरकारले नहेरेको समयमा यसरी यक्तिगत खर्चमा आफुहरुलाई पनि केहि रकम छुट्टाएर हामीलाई सहयोग गरेकोमा धन्यबाद समेत दिएका थिए । उनीहरुले एउटा फाईबर सिरक र २५ के.जि चामल दिईएको थियो ।

Next Post

चिसोले बाँकेसहित देशभरको जनजीवन कष्टकर

१२ पुष २०७६, शनिबार १६:२३
सदरलाइनडटकम, नेपालगञ्ज डेस्क : चिसो बढेसँगै बाँकेसहित देशभरिको जनजीवन कष्टकर बनेको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिवार बिहान नेपालगञ्जको अधिकतम तापक्रम १२.६ रहेको थियो भने न्युनतम तापक्रम ३.५ रहेको छ । महाशाखाका अनुसार काठमाण्डौ उपत्यकाको अधिकतम तापक्रम १५.७ छ भने न्युनतम तमक्रम ० दशमलब […]