सदरलाइनडटकम,
जानकी (बाँके) : बाँकेको जानकी गाउँपालिकाले राष्ट्रिय प्रारम्भिक कक्षा पढाई कार्यक्रमअन्तर्गत स्थानीय तहका जनप्रतिनिधि तथा शिक्षासम्बन्धि पदाधिकारीका लागि क्षमता विकास कार्यशाला आयोजना गरेको छ ।
तीन दिनसम्म सञ्चालन हुने कार्यशालाको गाउँपालिका अध्यक्ष रामनिवास यादवले बिहीवार उद्घाटन गरे । सो अवसरमा बोल्दै अध्यक्ष यादवले गुणस्तरीय शिक्षालाई केन्द्रमा राखेर गाउँपालिकाले काम गरिरहेको बताए । जनप्रतिनिधिले चाहेरमात्रै शिक्षामा सुधार नआउने भएको भन्दै उनले शिक्षक, अभिभावक, विद्यार्थी, कर्मचारी सबैले चासो दिनसमेत आग्रह गरे ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिबहादुर खत्रीले शिक्षाका समस्या शिक्षकहरुलाईनै थाह हुने भएकोले गुणस्तरीय शिक्षाका लागि कमी कमजोरी पहिचान गरी सुधार गर्न सुझाव दिए । उनँले शिक्षाको गुणस्तर वृद्धिका लागि गाउँपालिका अग्रसर भएको बताए । गाउँपालिकामा ३ मावि, ६ आधारभूत गरी ४५ सामुदायिक विद्यालय रहेका छन् ।