सदरलाइनडटकम,
जानकी (बाँके) : बाँकेको जानकी गाउँपालिकाको नहरचोकदेखि साहदतपुर जोड्ने सडकको बुधवार शिलान्यास गरिएको छ । गाउँपालिका वडा नं. ४ मा पिप्रहवा नहरचोक लिङ्करोडको सहायक रोडका रुपमा निर्माण गर्न थालिएको सडकको गाउँपालिका अध्यक्ष रामनिवास यादवले शिलान्यास गरेका हुन् ।
कोरोना भाइरस संक्रमण रोकथामका लागि जारी बन्दाबन्दीले विकासका काम प्रभावित हुन नदिन काम शुरु गरिएको उनले बताए । एक वर्षभित्र निर्माण कार्य सम्पन्न गर्नेगरी भैरवनारायण जेवीले ठेक्का पाएको छ ।
गाउँपालिकाको डेढ करोड र प्रदेश सरकारको डेढ करोड गरी तीन करोड लगानीमा सडक निर्माण शुरु भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिबहादुर खत्रीले जानकारी दिए । कुल दुई किलोमिटर लम्वाई रहेको सडकको चार मिटर चौडाई रहने छ । त्यसमध्ये पौने ४ मिटर कालोपत्रे गरिने प्राविधिक प्रमुख निसार अहमद दर्जीले बताए ।
Next Post
विभिन्न निर्णय गर्दै बाँकेमा सर्वदलीय बैठक सम्पन्न
१७ बैशाख २०७७, बुधबार १४:३०
सम्बन्धित
-
२ बैशाख २०७६, सोमबार १८:५०
प्रेमविवाह गरेकी युवतीको रहस्यमय मृत्यु
-
५ असार २०७४, सोमबार १८:३०
यस्ता छन नेकपा एमाले वडा नं. १२ का प्रतिबद्धता
-
२२ जेष्ठ २०८०, सोमबार १३:३६
बाँकेको स्वास्थ्यकर्मीको टोली र स्वास्थ्यमन्त्री खनालबीच भेटघाट
-
२० कार्तिक २०७७, बिहीबार १७:१४
मागप्रति सरकार गम्भिर नभए आन्दोलन गर्ने चेतावनी
-
२२ बैशाख २०८०, शुक्रबार १३:०२
बर्दियासँग जोडिएको सीमानामा १९ वटा सुरक्षा पोष्ट
-
२७ मंसिर २०७५, बिहीबार १५:५८
प्रधानन्यायाधीशमा जबरा सिफारिस