पेट्रोलिय पदार्थ उत्खनन गर्न एमालेकै सरकार आवश्यक छ : ओली

सदरलाइन संवाददाता १७ चैत्र २०७८, बिहीबार १३:३०
 

नेपालगञ्ज : नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले दैलेखमा पेट्रालिम पदार्थ भएको पुष्टी भइसक्दा पनि अहिलेको सरकारले थप काम गर्न नसकेको बताएका छन् । दैलेखको दुल्लु पुगेका उनले दैलेखमा पेट्रोलियम पदार्थ रहेको भन्ने पुष्टि भएको र यहाँको मात्र नभई राष्ट्रको विकासमा टेवा पुग्ने थाहा हुँदाहुँदै पनि अहिलेको सरकारले काम गर्न नचाहेको बताएका हुन् ।

उनले पेट्रोलियम पदार्थ उत्खनन गर्न फेरि पनि एमालेकै नेतृत्वमा सरकार आवश्यक रहेको बताए । उनले अहिलेको सरकारको काम गर्ने क्षमता, दक्षता नभएका कारण आफ्नो सरकारको पालामा अघि बढाइएका विकासे आयोजना कटौती गरेको आरोप लगाए ।

पार्टी प्रवेश तथा चुनावी सभामा सहभागी हुन् जुम्ला र कालिकोट जाने क्रममा दैलेखको दुल्लुमा एमाले दैलेखले आयोजना गरेको भेटघाट कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले आफ्नो सरकारले ग्रामीण भेगको विकासका लागि २ सय १० वटा बाटाहरू शिलान्यास गरेको भए पनि अहिलेको सरकारको काम गर्ने क्षमता नहुँता कटौती गरेको बताए ।

उनले भने, ‘अहिलेको सरकारले ढंग नभएर, क्षमता नभएर, काम गर्ने सामर्थ्य नभएर कतिपय आयोजनाहरू काटेको छ, चुनाव पछि एमालेले अहिलेको सरकारले काटेका विकासे योजनालाई अघि बढाउँछ, स्थानीय तहका मुकामसम्म पुग्ने सडक कालोपत्रे गर्छ ।’


अध्यक्ष ओलीले आफ्नै सरकारका पालामा देशभर खरका छाना मुक्त अभियान ल्याएको बताउँदै दैलेखमा पनि धेरै नागरिकका घर खरका छाना मुक्त भएर जस्तापाता लगाइएका बताए । उनले बाँकी रहेका घरहरूमा जस्तापाता नपुगेको भए एमालेले पहल गर्ने बताए ।

अध्यक्ष ओलीले आफ्नो सरकारको तीन वर्षे कार्यकालमा देशको विकासका लागि राम्रा कामहरू गरेको र पुनः एमाले सरकारमा आए पछि विकासे गतिलाई तीव्रता दिने बताए । उनले भने, ‘देशको रक्षा, विकास र सुशासनका लागि एमाले बाहेक अन्य पार्टीले काम गर्न सक्दैनन् अहिले अलमलिएका विकासे काम एमालेको सरकार आएपछि अघि बढाउँछ ।’

उनले अहिले पनि केही व्यत्तिहरु अन्य पार्टीमा रहेकाले एमालेले अघि सारेको समृद्ध नेपाल सुखी नेपालीको नारालाई आत्मसात गर्दै सबैलाई एमालेको देश बनाउने अभियानमा लाग्न आग्रह गरे। ‘एमालेको चाहाना देशको विकास गर्ने राष्ट्रलाई माया गर्ने रहेकाले राष्ट्र प्रेमीहरू एमालेमा आउनु पर्छ’ अध्यक्ष ओलीले भने ।

दैलेखमा रहेका धार्मिक स्थलको विकास गर्दै पर्यटनका माध्यमबाट आम्दानी लिन सबै तहहरु लाग्नुपर्ने बताए। अध्यक्ष ओलीले दुल्लुमा एक हजार वर्षअघि नै नेपालको राजधानी रहेको इतिहासले पुष्टि गरेको दाबी समेत गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सपनामा ईश्वरको निन्दा गरेको भन्दै पाकिस्तानमा शिक्षिकाको हत्या

१७ चैत्र २०७८, बिहीबार १३:३०
एजेन्सी : पाकिस्तानमा केही महिलाहरूले मदरसाकी एक जना शिक्षिकाको हत्या गरेका छन्। अफगानिस्तानसँग जोडिएको उत्तर पश्चिमी प्रान्त खैबर पख्तुनख्वाको डेरा इस्माइल खान भन्ने ठाउँमा मंगलबार बिहान तीन जना महिलाले ती २१ वर्षीया शिक्षिकाको हत्या गरेको प्रहरीले जानकारी दिएको छ। समाचार संस्था एएफपीका अनुसार अर्को मदरसाका ती तीन जना महिलाले प्रहरी […]