सदरलाइनडटकम,
कैलाली : ट्रयाक्टरको ठक्करबाट कैलालीमा एकजनाको ज्यान गएको छ । कैलालीको घोडाघोडी नगरपालिका ११ मुर्धवामा बुधवार ट्रयाक्टरको ठक्करबाट १२ वर्षीय विशाल बलामी मगरको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
डोटीको जोरायल घर भई घोडाघोडी ११ मुर्धवा आफ्नै फुपाजुको घरमा बस्दै आएका बलामी मगरलाई नवलपुरबाट पहलवानपुरतर्फ आउँदै गरेको से. १ त ४९२६ नम्बरको ट्रयाक्टरले ठक्कर दिएको थियो ।
उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए । प्रहरी नायब उपरीक्षक बस्नेतले ट्याक्टरधनी पत्ता लागिसकेको बताउँदै फरार रहेका चालक छिट्टै नियन्त्रणमा आउने बताए ।
