सदरलाइनडटकम,
नेपालगञ्ज : भारतबाट गरिएको चामल आयातबाट मात्र नेपालगञ्ज भन्सार कार्यालयले ३९ करोड बढी राजश्व संकलन गरेको छ । भन्सार कार्यालयले चालू आर्थिक बर्षको चैत्र मसान्तसम्म चामल आयातबाट ३९ करोड २६ लाख ५१ हजार २ सय ३२ रुपैयाँ राजश्व संकलन गरेको हो ।
चैत्र मसान्तसम्म ५ अर्ब ८ करोड १५ हजार ६ सय १ रुपैयाँ बराबरको चामल आयात भएको भन्सार कार्यालयले जनाएको छ । सो अवधिमा ९ करोड ७७ लाख ३२ हजार ५ सय ३९ किलो चामल आयात भएको नेपालगञ्ज भन्सार कार्यालयका अधिकृत परमानन्द जोशीले बताए । नेपालगञ्ज नाकाबाट ईंधनपछि चामलको आयात दोश्रो क्रममा रहेको भन्सार कार्यालयले बताएको छ ।
