लघु औद्योगिक ग्राम सञ्चालनमा चुनौती

सदरलाइन संवाददाता २६ कार्तिक २०७९, शनिबार १४:२५
 

सुर्खेत : कर्णाली प्रदेशमै पहिलो पटक स्थापना गरिएको लघु औद्योगिक ग्रामको सञ्चालन व्यवस्थापनमा चुनौती देखिएको छ । निर्माण सम्पन्न भएको लामो समय बितिसक्दा पनि यो औद्योगिक ग्राम सञ्चालन हुन सकेको छैन ।

२०७७ मा निर्माण सम्पन्न भएको यो औद्योगिक ग्रामको स्वामित्व २०७८ जेठमा उद्योग तथा उपभोक्ता हित संरक्षण निर्देशनालयले लिएको थियो । निर्देशनालयको हाताभित्रै (सुर्खेत)यो औद्योगिक ग्राम निर्माण गरिएको छ । सञ्चालन व्यवस्थापनमा अन्योल देखिएको ग्राम सञ्चालन एकाइका संयोजक टोपेन्द्र बीसीले बताए ।

उद्यमी छनोटका लागि निर्देशनालयले २०७९ असोज १३ गते ३५ दिने सूचना जारी गरेको थियो । यसमा तीन जना व्यवसायीले मात्र प्रस्ताव दर्ता गरेका छन् । अपेक्षाअनुसारको प्रस्ताव नआउँदा सञ्चालनमा समस्या भइरहेको बीसीले जानकारी दिए ।


कर्णाली प्रदेशमा लघु तथा घरेलु गरी ३३ हजार ८३९ उद्योग दर्ता भएका छन् । २०४२ देखि हालसम्म सो सङ्ख्यामा उद्योग दर्ता भएका हुन् । सुर्खेतमा मात्रै साना तथा घरेलु उद्योग नौ हजार ४७९ वटा छन् । त्यस्तै दैलेखमा चार हजार ३१३, सल्यानमा दुई हजार ९६६, जाजरकोटमा तीन हजार २१७, डोल्पामा दुई हजार ३१, रुकुम–पश्चिममा दुई हजार १४५, हुुम्लामा तीन हजार २१७, जुम्लामा तीन हजार ९७ र मुगुमा एक हजार ४२५ उद्योग दर्ता भएका छन् ।

उद्योग दर्ता उत्साहजनक भएपनि दर्ता भएका धेरै उद्योग नवीकरण नभएको उद्योग तथा उपभोक्ता हित संरक्षण निर्देशनालयका निर्देशक मुकुन्दनाथ योगीले बताए । साना तथा घरेलु मात्र नभई वाणिज्यतर्फका व्यवसाय पनि नवीकरण कमै हुने गरेका छन् । प्रदेशभर ६ हजारभन्दा बढी वाणिज्यतर्फका फर्म छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

शासक रोज्ने कि विकास : इश्तियाक राई

२६ कार्तिक २०७९, शनिबार १४:२५
नेपालगञ्ज : जनता समाजवादी पार्टीबाट बाँके क्षेत्र नं २ का प्रतिनिधिसभा उम्मेदवार मोहम्मद इश्तियाक राईले राज्यसँग लिएका अधिकार रक्षाका लागि आफ्नो विवेक प्रयोग गरेर मतदान गर्न आग्रह गरेका छन् । आर्य सेवा समाजले शनिवार नेपालगञ्जमा आयोजना गरेको चुनावी अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले लामो संघर्षबाट प्राप्त उपलब्धीलाई जोगाउनका लागि यसपालिको […]

सम्बन्धित