राष्ट्रिय मानव अधिकार आयोग नेपालगञ्जको वार्षिकोत्सव

सदरलाइन संवाददाता १३ जेष्ठ २०८०, शनिबार १४:३२
 

नेपालगञ्ज : ”जीवन, मर्यादा, समानता र स्वतन्त्रताको अधिकारः दिगो शान्ति र सम्मृद्विको आधार” भन्ने मुल नाराका साथ राष्ट्रिय मानव अधिकार आयोगले २३ औं वार्षिकोत्सव मनाएको छ । नेपालगञ्जको स्वस्तिक कटेजमा विभिन्न संघसंस्थाका प्रमुख एवम् प्रतिनिधिको उपस्थितमा वार्षिकोत्सव कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रमको प्रमुख अतिथिका रूपमा बोल्दै न्यायाधीश भानुभक्त शर्मा न्यौपानेले दिगो शान्ति र सम्मृद्विको आधार” नेपालको संविधानमा तोकिएका नगरिकका अधिकारहरु प्रत्याभुति हुनेगरि नीति कार्यान्वयन हुने आधार व्यक्त गरे ।

उनले आम नेपालीले संविधानमा रहेका हरेक हक र अधिकारको सुनिश्चितता हुने र मानव अधिकार आयोगले त्यसको प्रत्याभूति गराएको वताए । कार्यक्रममा सहायक रथी प्रकाश थापा, सशस्त्र प्रहरी उपरीक्षक रमेश विक्रम शाहीले आयोगलाई शुभकामना दिएका थिए ।


मानव अधिकार आयोग नेपालगञ्ज कार्यालय प्रमुख द्वारिका अधिकारीले मानव अधिकार आयोगले राम्रो काम गर्दै सबैको साथ र सहयोगबाट आम नागरिकले मानव अधिकारको प्रत्याभूत गर्न सक्ने कुरामा जोड दिईन ।

कार्यक्रममा मध्यपश्चिम विश्वविद्यालय बागेश्वरी बहुमुखी क्याम्पस कोहलपुरका उप प्राध्यापक एवम् राष्ट्रिय मानव अधिकार मन्च बांकेका सचिव एकराज शर्माले ”जीवन, मर्यादा, समानता र स्वतन्त्रताको अधिकारः दिगो शान्ति र सम्मृद्विको आधार दुई करोड चौरानब्बे लाख नेपाली र छिमेकी मुलुकका नागरिक नेपालमा आए सबैका अधिकार सुनिश्चितता गर्नु पर्ने कुरामा जोड दिए ।

उनले मानिस जन्मेदेखि नमरुञ्जेलसम्म विभिन्न समस्या र मुद्दामा अल्झने र राज्यबाट दिने हरेक सेवासुविधा र अधिकारको समानता समताको निश्चित हुनुपर्ने, जिवनलाई मर्दादित नागरिकको स्वतन्त्रता हुनुपर्ने कुरामा जोड दिए । उनले नारालाई नितिमा कार्यन्वयन गर्न र आगामी दिनमा प्रगती प्रतिवेदन सहित कार्यक्रम गर्न सुझाव दिए । कार्यक्रममा विभिन्न संघसंस्था एवम् पत्रकार कर्मचारीको उपस्थित रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नरैनापुरको शाह सुल्तान बाबा दरगाह कुट्टीमा आवश्यक भौतिक पूर्वाधार निर्माणको लागि पहल गरिने

१३ जेष्ठ २०८०, शनिबार १४:३२
नरैनापुर (बाँके) : बाँकेको नरैनापुर गाउपालिकाको वडानं. ६ जमुनी कोहलामा रहेको शाह सुल्तान बाबा दरगाह कुट्टीमा पुग्ने आस्थावानहरुको सुबिधाको लागि आश्रय स्थलसंगै आवश्यक पूर्वाधार निर्माणको लागि कुट्टी संरक्षण व्यवस्थापन समितिको तर्फबाट सरोकारवाला निकायको ध्यानाकर्षण गराईएको छ । स्थलगत अवलोकनका लागि कुट्टीमा पुगेका प्रदेश सभा सदस्य कृष्णा केसी नमुना, समाजसेवी प्रवेज […]