सदरलाइनडटकम,
दाङ : ट्रयाक्टरको ठक्करबाट एक विद्यार्थीको मृत्यु भएपछि आन्दोलित विद्यार्थीहरुले गरेको बन्द अहिले खुलेको छ । बिहीवार पौने १० बजे तुलसीपुर ५ गोदामघर नजिकै ट्रयाक्टरले ठक्कर दिदा तुलसी आवासीय माबिमा कक्षा ८ मा अध्ययनरत १२ बर्षीया बिजिता केसीको मृत्यु भएपछि विद्यार्थीहरुले विहानैदेखि सडक अबरुद्ध गरेका थियो ।
जसले गर्दा तुलसीपुरबाट छुट्ने तथा भित्रिने यातायातका साधनहरु चल्न सकेको थिएनन् । रा १ त १४३५ नम्बरको ट्रयाक्टरको ठक्कर दिँदा गम्भीर घाईते भएकी तुलसीपुर ७ शिवनगर निवासी केसीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।
साथै ट्रयाक्टरको ठक्करबाट सोही विद्यालयमा अध्ययनरत १४ बर्षीया मनिषा वली घाईते भएकी छिन् । वलीको बाया हातमा चोट लागेको छ । प्रहरीले ट्रयाक्टर र चालकलाई नियन्त्रणमा लिएको छ ।
