सदरलाइनडटकम,
नेपालगञ्ज : बाँके बर्दियालगायत पश्चिम तराईका जिल्लामा शीतलहर शुरु भएको छ । मंगलवार बिहानदेखि बाक्लो हुस्सु लागेकोले अत्याधिक चिसो बढेको छ भने शीतलहरले गर्दा जनजीवन प्रभावित भएको छ ।
शीतलहरसँगै बढेको चिसोका कारण बिहान स्कूल एवं कलेज पढ्ने विद्यार्थी, शिक्षकलगायत मजदुर बढी प्रभावित बनेका छन् । शीतलहरका कारण वृद्धवृद्धा र केटाकेटी सबैभन्दा बढी प्रभावित भएका छन् ।
