सदरलाइनडटकम,
२२ साउन, नेपालगन्ज: पूर्व पश्चिम राजमार्गको महादेवपुरीमा ट्रक दुर्घटना हुँदा च्यापिएर मृत्यु भएका सह–चालक शंकर पुनको शवं ६ घण्टापछि निकालिएको छ । शनिबार बिहानैदेखि शव निकाल्न डोजरसहित खटिएका नेपाली सेना, नेपाल प्रहरी, ट्राफिक प्रहरी, शशस्त्र प्रहरीको प्रयासपछि ६ घण्टापछि शवं निकालिएको हो ।
दुर्घटनास्थलबाट बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक टेकप्रसाद राइले अथक प्रयासपछि शवं निकाल्न सफल भएको जानकारी दिए । शनिबार बिहान पूर्वबाट पश्चिमतर्फ जादै गरेको ना ५ ख ९८७० नम्बरको ट्रक महादेवपुरी–७ ओभरी नजिक दुर्घटना हुँदा सह–चालकको मृत्यु भएको थियो भने चालक घाइते भएका थिए ।
अञ्चल प्रहरी भेरीका प्रमुख एसएसपी धिरु बस्न्यात, जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी राई लगायतका जिल्लास्थित सुरक्षा प्रमुखहरु दुर्घटनास्थल पुगेका थिए ।
Next Post
डेक नेपालमा पुनः बुढा
२२ श्रावण २०७३, शनिबार १४:३०
सम्बन्धित
-
२२ मंसिर २०७७, सोमबार ०९:५४
योग समितिद्वारा हडिया बाबा मन्दिरमा फलफुल बितरण
-
१५ पुष २०८०, आईतवार १७:३४
बाँकेमा हुस्सु र कुहिरोका कारण हवाई उडान प्रभावित
-
१० बैशाख २०७४, आईतवार १८:१५
एमाले बाँकेले लगायो स्थानीय तहको उम्मेदवारको टुंगो
-
२१ फाल्गुन २०८०, सोमबार १५:२८
नेपालगञ्ज–गुलरिया सडक निर्माण ५७ प्रतिशत सम्पन्न
-
२७ पुष २०७६, आईतवार १६:५३
बाँके र बर्दियालाई मिसाउन कर्णाली तयार
-
२६ आश्विन २०७५, शुक्रबार २०:२९
खसीको मासु भन्दै बाख्रीको मासु बेचेको भेटीयो