सदरलाइनडटकम,
काठमाण्डौ : भक्तपुरबाट कालिन्चोक रिजर्भ गएर फर्किँदै गरेको बस सिन्धुपाल्चोकमा दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन् । बा ४ ख ४४६८ नम्बरको बस कालिन्चोक दर्शन गरेर फर्किने क्रममा पाँच किलो भन्ने स्थानमा आइतवार दुर्घटनामा परेको हो ।
दुर्घटनामा १४ जनाको मृत्यु भएको सिन्धुपाल्चोकका प्रहरी नायब उपरीक्षक माधव काफ्लेले जानकारी दिए । उनका अनुसार घाइतेको संख्या एकिन नभएपनि २० जना घाइते भएको हुनसक्ने अनुमान गरिएको छ ।
