महाराष्ट्रको एक कारखानामा विस्फोट, १२ को मृत्यु

१४ भाद्र २०७६, शनिबार १६:२०
 

सदरलाइनडटकम,
काठमाण्डौ : भारतको महाराष्ट्रस्थित धुले जिल्लामा एक रासायनिक कारखानामा सिलिण्डर विस्फोट हुँदा १२ जनाको मृत्यु भएको छ । विस्फोटमा ५८ जना घाइते भएका छन् । जसमध्ये ९ जनाको अवस्था गम्भीर रहेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
विस्फोटको समयमा रासायनिक कारखाना उद्योगमा कम्तीमा सय जना मजदुरहरु काम गरिरहेका थिए । पाँच वटा दमकल घटनास्थलमा पुगेको र आगो नियन्त्रणमा लिने प्रयास जारी रहेको बताइएको छ । प्रहरीका अनुसार ज्यान गुमाउनेको संख्या अझै बढ्न सक्छ । विस्फोट भएको रासायनिक कारखाना धुले जिल्लाको शिरपुर तालुकाको वघाडी गाउँमा छ । विस्फोटको आवाज निकै टाढासम्म पनि सुनिएको थियो ।
विस्फोटका कारण नजिकै खेतमा काम गरिरहेका मजदूरहरु पनि घाइते भएको बताइएको छ । जानकारीका अनुसार विस्फोट भएको रासायनिक कारखानामा रहेका ६ वटा बोइलरमध्ये ४ वटा बोइलर फटिसकेको छ । रासायनिक कारखानामा बोइलरको निरन्तर विस्फोटका कारण आगलागी नियन्त्रण गर्न गाह्रो भईरहेको अधिकारीहरुले जनाएका छन् ।
(एजेन्सी)

Next Post

रोल्पामा जीप दुर्घटना हुँदा एकको मृत्यु

१४ भाद्र २०७६, शनिबार १६:२०
सदरलाइनडटकम, रोल्पा : तीज मनाउन श्रीमतीलाई माइत पुर्याएर फर्किने क्रममा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । श्रीमती र छोरीलाई सदरमुकाम लिबाङबाट रोल्पा नगरपालिका–७ निम्री पुर्याएर फर्किने क्रममा भे १ ज ४६५६ नम्बरको जीप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ । दुर्घटनामा रोल्पा नगरपालिका–१० धबाङका ३० […]