सदरलाइनडटकम,
नेपालगञ्ज : नेपालगञ्जमा सञ्चालन हुने महोत्सवका विषयमा आइतवार राजनीतिक दलसंग छलफल गरिएको छ । आगामी पुष ११ देखि २१ गतेसम्म नेपालगञ्जको सडक विभाग परिसरमा आयोजना हुने महोत्सवलाई सफल पार्न विभिन्न राजनीतिक दलका प्रतिनिधीसँग छलफल गरिएको हो ।
नेपाल घरेलु तथा साना उद्योग महासंघ नेपालगंज उपमहानगर नगरसमिति र महिला उद्यमी समितिको संयुक्त आयोजनामा नेपालगञ्जको सडक विभाग परिसरमा महोत्सव सञ्चालन हुने छ ।
नेपाल घरेलु तथा साना उद्योग महासंघ जिल्ला शाखा बाँके र प्रदेश नं. ५ समिति बुटवलको सहकार्यमा मेहनत सृजना उत्पादन र बस्तु, मेरै नेपालको भन्ने मूल नाराका साथ “दोस्रो प्रादेशिक औद्योगिक लघु घरेलु तथा कृषि प्रविधि व्यापार एंव पर्यटन महोत्सव २०७६” आयोजना गर्न लागिएको हो ।
