युनेस्को क्लबद्धारा सरस्वती माविलाई कम्प्युटर प्रदान

१२ भाद्र २०७४, सोमबार १९:४१
 

सदरलाइनडटकम
१२ भदौ नेपालगन्ज : बाँके युनेस्को क्लबद्धारा नेपालगन्ज नगर क्षेत्रका विद्यालयमा संचालित सहयात्रा परियोजना अन्तर्गत स्थानिय सरस्वती माध्यमिक विद्यालयलाई तीन थान कम्प्युटर उपलव्ध गराएको छ ।
सेभ द चिल्ड्रेनको सहयोगमा बालबालिका केन्द्रीत शैक्षिक प्रणालीलाई गुणस्तरीय बनाउने उद्देश्यले संचालित सो परियोजना नेपालगन्जस्थित १९ विद्यालयमा संचालनमा रहेको छ ।
रु एक लाख ८७ हजार बराबरको सो कम्प्युटर सामग्री त्यस विद्यालयमा अध्ययनरत १, २ र ३ का विद्यार्थीको शैक्षिक अध्यापनका लागि उपलव्ध गराइएको कार्यक्रम संयोजक आशिष वर्माले जानकारी दिए ।
क्लबको कार्यालयमा आयोजित समारोहमा सो सामग्री क्लबका अध्यक्ष परवेज अलि सिद्धिकी, बरिष्ठ उपाध्यक्ष सिराज खान र बरिष्ठ सल्लाहकार नीरज गौतमले त्यस विद्यालयका प्रधान अध्यापक सुरेश परसैलालाई हस्तान्तरण गरेका थिए ।
त्यस अवसरमा क्लबका बरिष्ठ उपाध्यक्ष खान र प्रधान अध्यापक परसैलाले प्राप्त कम्प्युटरको प्रयोगको पूर्ण सदपयोग हुने विश्वास व्यक्त गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

आठौ राष्ट्रिय खेलकूद प्रतियोगिताको मस्कटमा हात्तीको छावा

१२ भाद्र २०७४, सोमबार १९:४१
सदरलाइनडटकम १२ भदौ, नेपालगन्ज : २०७५ पुसमा नेपालगन्जमा आयोजना हुने आठौ राष्ट्रिय खेलकूद प्रतियोगिताको मस्कटको रुपमा हात्तिको छावा हुने भएको छ । युवा तथा खेलकूद मन्त्री राजेन्द्रकुमार केसीको प्रमुख आतिथ्यमा सो प्रतियोगिताको सचिवालयमा आयोजित सर्वपक्षिय बैठकमा मन्त्री केसीले सो मस्कट सार्वजनिक गरेका हुन । यस अघि नेपालगन्जमा नै बसेको बैठकले […]