कोहलपुरमा ८२ वर्षिया महिलाको हत्या

सदरलाइन संवाददाता ३ श्रावण २०७८, आईतवार ११:०१
 


कोहलपुर (बाँके)  : बाँकेको कोहलपुर–११ एकता नगरमा जष्ेठ नागरिक महिलाको हत्या भएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता समेत रहेका प्रहरी नायव उपरिक्षक मधुसुदन न्यौपानेका अनुसार मृतकको टाउकोमा गम्भीर चोट छ ।

मृतक महिला ८२ वर्षिया साउली कार्की भएको खुल्न आएको छ । घरमै रहेको अवस्थामा उनको टाउकोमा प्रहार गरी हत्या गरिएको प्रहरीले जनाएको छ । प्रहरीले आवश्यक अनुसंधानको लागि घटनास्थल मुचुल्का गरी शव पोष्टमार्टमको लागि पठाएको जनाएको छ ।


घटनालाई गम्भीरता पूर्वक लिएर अनुसंधान सुरु गरिएको प्रहरी नायव उपरिक्षक न्यौपानेले बताए । मृतक महिला माओवादी केन्द्र निकट वाईसियल बाँकेका संयोजक आकाश कार्कीकी आमा हुन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कोरोनाबाट भेरी अस्पतालमा एक जनाको मृत्यु

३ श्रावण २०७८, आईतवार ११:०१
नेपालगञ्ज : कोरोना संक्रमण से भेरी अस्पताल नेपालगञ्जमा थप एकजनाको मृत्यु भएको छ । झिमरुक गाउँपालिका ५ प्यूठानका ६८ वर्षीय पुरुषको आइतवार विहान मृत्यु भएको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका फोक लपर्सन तेज वलीले जानकारी दिए । असार २९ गते भाइरस संक्रमण पुष्टि भएपछि उनी त्यसको दुई दिनपछि ३१ गते […]

सम्बन्धित