प्रमुख प्रशासकीय अधिकृत प्याकुरेलको विदाई

४ चैत्र २०७६, मंगलवार १७:२२
 

सदरलाइनडटकम,
नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरि प्याकुरेलले बिदाई गरिएको छ । नेपालगञ्जबाट सरुवा भई जिल्ला समन्वय समिति बाँकेमा अधिकारीको रुपमा जान लागेका प्याकुरेललाई मंगलवार आयोजित छैठौं नगरसभामा औपचारिक विदाई गरिएको हो ।
नेपालगञ्ज उपमहानगरपालिकाका मेयर डा. धवलशम्शेर राणा, उपमेयर उमा थापा मगर लगायतका जनप्रतिनिधी र कर्मचारीहरुले प्रमुख प्रशासकीय अधिकृत प्याकुरेललाई विदाई गरे । प्याकुरेलको विदाईमा मेयर राणाले नेपालगञ्जमा रहँदा कार्यालय प्रमुख प्याकुरेलबाट आवश्यक सहयोग प्राप्त भएको बताए । राणाले ठुला आयोजनादेखि हरेक आयोजना द्रुतगतिमा अघि बढाउन सहयोग प्राप्त भएको जिकिर गरे ।
प्रमुख प्रशासकीय अधिकृत प्याकुरेलले विकास निर्माणको काममा नेपालगञ्जमा उत्कृष्ट काम भएको बताए । पारदर्शिता र सुशासनमा नेपालगञ्ज अन्य स्थानीय तह भन्दा अगाडी रहेको स्मरण गर्दे प्याकुरेलले नेपालगञ्जमा जनप्रतिनिधी र कर्मचारीबीच सहजपूर्ण वातावरण रहेको बताए ।

Next Post

कोरोनाविरुद्ध सामुहिक पहल गर्ने प्रतिबद्धता

४ चैत्र २०७६, मंगलवार १७:२२
सदरलाइनडटकम, नेपालगञ्ज : बाँकेमा कोरोना भाइरसको संक्रमण हुन नदिन अपनाउनुपर्ने सजगताका बारेमा नेपालगञ्जमा अन्तरक्रिया गरिएको छ । चिकित्सकको सहभागितामा कोरोना भाइरसबिरुद्ध सजगता अपनाउन र सम्भावित कालोबजारी रोक्न दुई बुँदे सामूहिक प्रतिवद्धतासमेत व्यक्त गरिएको छ । नेपालगञ्ज उद्योग वाणिज्य संघको आयोजनामा मंगलवार भएको कार्यक्रममा सहभागीहरुले कोरोना भाइरस नेपालमा भित्रिन नदिन जमुनाहा […]