सदरलाइनडटकम,
दाङ : प्रदेश नं. ५ का मुख्यमन्त्री शंकर पोख्रेलले राष्ट्रियताको सन्दर्भमा सबै राजनीतिक दलहरु एक हुनुपर्ने बताएका छन् । प्रेस संगठन दाङले सोमवार तुलसीपुरमा गरेको पत्रकार भेटघाटमा उनले अहिले भारतले सीमा मिचेर सार्बजनिक गरेको नक्साका सन्दर्भमा सरकारले कुटनीतिक नोट पठाएको भन्दै यसमा राजनीतिक दल बिभाजित हुनु गलत भएको जिकिर गरे ।
उपनिर्वाचन विशेष कारणले हुने भन्दै उनले यो निर्वाचन जनमतको निरन्तरताको चुनाव भएको बताए । संघीय संरचना अनुसार बनेका तीन वटै सरकारले विकासको गतिलाई तिब्रता दिएको भन्दै मुख्यमन्त्री पोख्रेलले अहिले प्रदेश नं. ५ सरकारलाई काठमाडौंसँग जोड्ने प्रक्रिया अघि बढेको जानकारी दिए ।
