तोकिएकै मितिमा स्ववियू निर्वाचन हुनेमा सबै विद्यार्थी संगठन विश्वस्त

२ फाल्गुन २०७३, सोमबार ११:४५
 

हाम्रो संगठनले सभापतिमा ७२ प्रतिशत हाँसिल गर्छ  : नविना लामा

सदरलाइनडटकम 
२ फागुन काठमाडौं  : आगामी फागुण १४ गते हुने स्वतन्त्र विद्यार्थी युनियन स्ववियु निर्वाचनमा १० वटा विद्यार्थी संगठनहरूले भाग लिने प्रतिवद्धता जनाएका छन्। सोमबार रिपोर्टर्स क्लब नेपालको साक्षात्कारमा अनेरास्ववियू, नेपाल विद्यार्थी संघ, अखिल क्रान्तिकारी, मधेशी विद्यार्थी फोरम लोकतान्त्रिक, अखिल पाँचौ, राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनका नेताहरूले तोकिएकै मितिमा निर्वाचन गर्न आफुहरू तयार रहेको बताए।
अनेरास्ववियू विद्यार्थी संगठ्नकी अध्यक्ष नविना लामाले पूर्ण समानुपातिक र उमेर हदको बिषयलाई लिएर क्याम्पसमा तालाबन्दी गर्ने काम जायज नभएको भन्दै सबै विद्यार्थी संगठनहरुलाई स्ववियू निर्वाचनमा भाग लिन आग्रह गरिन।
उनले भनिन्,‘आजमात्रै रेक्टरको गाडी जलाउने काम भएको छ, हामी यसको घोर भत्सर्ना गर्दछौँ, अग्रजहरुको रगतसँग जोडिएको विद्यार्थी आन्दोलनको इतिहासलाई जोगाउनको लागि हामी तयार छौँ।’
उनले अघि थपिन,‘गुणस्तरीय शिक्षा र शिक्षामा भएको व्यापारिकरण र दलालको बिरुद्धमा हाम्रो संगठन निरन्तर लडिरहेका छ।’ लामाले यो पटकको निर्वाचनमा आफ्नो संगठनले सभापतिमा ७२ प्रतिशत जित हाँसिल गर्ने दाबी समेत गरिन्।

महर भन्छन्,‘नेविसंघले ८२ प्रतिशत सिट हाँसिल गर्छ’

त्यस्तै नेपाल बिधार्थी संघका सभापति नैनसिँह महरले विश्वविद्यालयलाई आमूल सुधार गर्न र विद्यार्थी आन्दोलनको साख जोगाउनको लागि पनि स्ववियू निर्वाचन समयमै सम्पन्न गर्नुपर्नेमा जोड दिए।
उनले भने,‘निर्वाचन जित्नको लागि मात्रै होईन, हार पनि हुन्छ, स्ववियू निर्वाचनमा ८२ प्रतिशत मत ल्याएर नेविसंघ निर्वाचित हुन्छ।’
नेवि संघले क्यापसमा गरेको तालाबन्दी कहिले खुल्छ र नेविसंघका यस्ता क्रियाकलापले कसलाई फाईदा पुग्छ भनेर संञ्चारकर्मीले गरेको प्रश्नको जवाफ दिँदै उनले भने,‘तालाबन्दीमा नेविसंघ मात्रै सामेल छैन्, ताला चिन्न गाह्रो भईरहेको छ, पार्टीको आदेश र संगठनको भावना बिपरित कसैले त्यस्तो गर्छ भन,े त्यो अनुसाशन बिपरित हो, राप्रबिसंघ र विप्लव माओवादीका साथीहरूले पनि ताला लगाउनुभएको अबस्था छ, चाँडै खुल्छ।’


 १३ गतेसम्म भिसीको गाडी जलेपनि निर्वाचन हुनैपर्छ : न्यौपाने

अखिल क्रान्तिकारीका अध्यक्ष नरेन्द्र न्यौपानेले आठ बर्षदेखि हुन नसकेको स्ववियू निर्वाचन यस पटक तोकिएकै समयमा सम्पन्न हुने विश्वास व्यक्त गरे।
उनले भने,‘हिजो विद्यार्थी संगठनहरूकाबीचमा विवाद भएकोले रोकिएको थियो भन्ने कुरा घामजस्तै छर्लङ् छ, त्यसमा विश्वविद्यालय पनि दोषी छ, केही राजनीतिक अस्थिरताको कारण पनि निर्वाचन हुन् सकेन।’
उनले अघि थपे,‘नेपाल विद्यार्थी संघले तालाबन्दी गरेको छ, यसले निर्वाचन हुनेमा शंका उब्जाएको छ, अर्कोतर्फ आज रेक्टरको गाडी जलाईएको छ, आजमात्रै होईन १२–१३ गतेसम्म पनि भिसीको गाडी जलेपनि निर्वाचन हुनुपर्छ, यो निर्वाचनमा हामी सबैभन्दा बढी सिट जितेर देखाउँछौँ।’
मधेशी विद्यार्थी फोरम लोकतान्त्रिकका अध्यक्ष कपलेश्वर यादवले विद्यार्थी संगठनभित्र आफुपनि पुरानै विद्यार्थी नेता भएको दावि गर्दै भने‘हामी निर्वाचनमा भाग लिन्छौँ, मधेशमा पनि निर्वाचन हुन्छ, हाम्रो एउटै शर्त छ, आफुलाई ठुला संगठन प्रमुख नेता भन्ने साथीहरूलाई मेरो आग्रह छ, म पनि पुरानै नेता हुँ, कसैलाई हेप्ने तरिकाले बोल्नु उचित होईन।’
यादवले स्ववियु निर्वाचन हुने कि नहुने भन्ने कुरा तीन ठूला संगठनको गतिविधिमा भर पर्ने जिकिर गरे। उनले थपे,‘यदि तोकिएकै मितिमा निर्वाचन भएन भने यसको जिम्मेवारी तीन ठूला संगठनहरुले लिनुपर्छ।’
कार्यक्रममा राप्रपाका विद्यार्थी संगठनका नेता धनसुर शाही, अनेरास्ववियू पाँचौका घनश्याम मिश्र, विद्यार्थी नेता पुर्णबहादुर सिँह लगायतका विद्यार्थी नेताले आफ्ना स्ववियु निर्वाचनका बारेमा आ–आफ्ना धारणा राखेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

रेडक्रसद्वारा खोज तथा उद्दार सामाग्री हस्तान्तरण

२ फाल्गुन २०७३, सोमबार ११:४५
सदरलाइनडटकम    २ फागुन, नेपालगन्ज : जिल्ला दैवीप्रकोप उद्दार समिति बाँकेलाई बिपदको बेलामा आवश्यक पर्ने खोज तथा उद्दार सामग्रीसहितको कन्टेनर नेपाल रेडक्रस सोसाइटी बाँकेले सोमवार हस्तान्तरण गरेको छ । बाढी, डुबानको समयमा हुने क्षति न्यूनीकरण गर्नका लागि जिल्ला दैवीप्रकोप उद्दार समितिसंग खोज उद्दार सामग्री अभावको अवस्थालाई मध्यनजर गर्दै नेपाल रेडक्रस […]