नेपालगञ्ज विमानस्थलको २० वर्षे गुरुयोजना

७ मंसिर २०७६, शनिबार १८:३३
 

सदरलाइनडटकम,
नेपालगञ्ज : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले नेपालगन्ज विमानस्थलको दीर्घकालीन विकास र विस्तारका लागि २० वर्षे गुरूयोजना निर्माण गरी काम सुरु गरिएको बताएका छन् ।
शनिबार विमानस्थलमा आयोजित सरोकारवालाबीचको छलफलका क्रममा बोल्दै मन्त्री भट्टराईले सो कुरा बताएका हुन । उनले समग्र नेपालगञ्जको विकासको ढोका खेल्ने गरी काम अघि बढाईएको बताए ।
उनले २० वर्षभित्र ठूला जेट विमान उडान सक्ने महत्वकाँक्षी योजना गुरूयोजनामा रहेको बताउदै विमानस्थलको क्षेत्र र क्षमता विस्तारका साथै भौतिक पूर्वाधार निर्माणका कामहरु निरन्तर हुँदै जाने बताए ।
प्राधिकरणका उपप्रबन्धक नलविक्रम थापाले प्रस्तुत गरेको गुरुयोजनामा चार चरणमा विस्तार र निर्माणको काम सम्पन्न हुनेछ । लक्ष्यमा पुग्न जग्गा अधिग्रहणबाहेक १२ अर्ब ५० करोड रूपैयाँ लागत लाग्ने अनुमान छ ।
विमानस्थलमा हाल एक सय ६६ विगाह क्षेत्रफल रहेकोमा पूर्व र उत्तरतर्फ जग्गा अधिग्रहण गरेर दुई सय ८८ विगाह विस्तार गर्ने लक्ष्य रहेको छ ।
यसका लागि डुडुवा नालालाई तीन सय मिटर टाढा सार्ने योजना छ । यसरी विस्तार गर्न हाल एक सय मिटर मात्र रहेको विमानस्थलको रनवे एक सय ६५ मिटरको बनाइनेछ । विमानस्थलको पार्किङ, टर्मिनल भवनसमेत विस्तार हुनेछ । हाल ६ वटा मात्र विमान अटाउने पार्किङमा ९ वटा ठूला (साना ११) वटा विमान पार्किङ गर्न सकिनेछ ।
प्राधिकरणका महानिर्देशक राजन पोखरेलले गुरूयोजनामा विमानस्थलको क्षेत्र र क्षमता विस्तारका साथै भौतिक पूर्वाधार निर्माणका कामहरु हुने जानकारी दिए । ‘गुरुयोजना अनुसारका कामहरु अहिले नेपालगन्ज विमानस्थलमा भइरहेका छन्’– उनल भने ।
कार्यक्रममा संघीय संंसदको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति पूर्णकुमारी सुवेदी, बाँके क्षेत्र नं. १ का सांसद महेश्वर गहतराज ‘अथक’, प्रदेश ५ का मन्त्री आरती पौडेल, प्रदेशसभा सदस्य आइ.पी.खरेल, नेपालगन्ज उपमहानगरपालिका प्रमुख डा.धवल शम्शेर राणा, कोहलपुर नगरपालिका प्रमुख लुटबहादुर रावत, नेपाली कांग्रेस बाँकेका सभापति किरण कोइराला, नेकपा बाँके सचिव अशोक कोइराला, बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्का, बाँके जिल्ला होटल व्यवसायी संघका अध्यक्ष भीमलाल कँडेललगायतले नेपालगन्जलाई अन्तर्र्राष्ट्रिय विमानस्थलको रुपमा विकास गर्न मन्त्रीलाई ध्यानाकर्षण गराएका थिए ।
यस अघि सँस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री भट्टराईले शनिबार नेपालगञ्जस्थित वाटरपार्क तथा बागेश्वरी मन्दीरको स्थलगत निरीक्षण गरेका छन् । मन्त्री भट्टराईले वाटरपार्कको निर्माण कार्यबारे जानकारी लिदैं ताललाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न सकिने बताए । उनले नेपालको तराई क्षेत्रमा रहेका ताल र पोखरीको संरक्षण गर्न सकेमा तापक्रम समेत सन्तुलन हुनेमा जोड दिए ।

Next Post

विप्लवका दुई कार्यकर्ता प्रहरीको नियन्त्रणमा

७ मंसिर २०७६, शनिबार १८:३३
सदरलाइनडटकम, बर्दिया : नेत्रविक्रम चन्द समूहका दुई कार्यकर्तालाई बर्दिया प्रहरीले नियन्त्रणमा लिएको छ । सो समूहका बर्दिया जिल्ला कमिटी सदस्य बढैयाताल गाउँपालिका ४ दक्षिण भकारीका २८ वर्षीय रमेश विक र कार्यकर्ता २७ वर्षीय सञ्जु चौधरीलाई बाँसगढी नगरपालिका ३ भगराचोक र सिजी प्रालिको मूलढोकामा शनिवार राति प्रचार सामग्री टाँस्दै गर्दा नियन्त्रणमा […]

सम्बन्धित