बाँकेका ३ वटै निर्वाचन क्षेत्रमा ११२ को उम्मेदवारी दर्ता

१६ कार्तिक २०७४, बिहीबार २०:५९
 

सदरलाइनडटकम
१६ कात्तिक, नेपालगन्ज : आगामी मंसिर २१ गते प्रतिनिधि सभा र प्रदेश सभामा १सय १२ जनाले उम्मेदवारी दर्ता गराएका छन् । बाँकेमा सबै भन्दा बढी क्षेत्र नं. २ र सबै भन्दा थोरै क्षेत्र नं. ३ मा उम्मेदवारी परेको छ ।
प्रमुख जिल्ला निर्वाचन अधिकृत तथा जिल्ला न्यायाधिस बिष्णु सुवेदीले निर्वाचन क्षेत्र अनुसार क्षेत्र नं. १ मा ३५ जना, क्षेत्र नं. २ मा सबै भन्दा बढी ४८ जना र क्षेत्र नं. ३ मा सबै भन्दा थोरै २९ जनाले आफ्नो मनोनयन पत्र दर्ता गराएको जानकारी दिए ।
प्रमुख जिल्ला निर्वाचन अधिकृत तथा जिल्ला न्यायाधिस सुवेदीले बाँके निर्वाचन क्षेत्र नं. १ मा प्रतिनिधि सभामा १३ जना, प्रदेश सभा निर्वान क्षेत्रनं. १ (कं) मा १३ जना र क्षेत्र नं. १ (ख) मा १० गरी ३५ जनाले उम्मेदवारी दर्ता गराएको बताए ।
यसैगरी बाँके निर्वाचन क्षेत्र नं. २ मा प्रतिनिधि सभामा १९ जनाले उम्मेवारी दिएकाछन् । यसमा ६ जनाले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । प्रदेश सभाको निर्वाचन क्षेत्र नं. २ (क)मा ३ स्वतन्त्र सहित १४ जना, क्षेत्र नं. २ (खं)मा स्वतन्त्र २ सहित १५ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
प्रमुख निर्वाचन अधिकृत सुवेदीका अनुसार बाँके निर्वाचन क्षेत्र नं.३ मा प्रतिनिधि सभाको लागि ८ जना, प्रदेश सभाको क्षेत्र नं. ३ (क)मा १० जना र ३ (ख)मा ११ जनाले उम्मेदवारी दिएका छन् ।
मुख्य निर्वाचन अधिकृत सुवेदीले निर्धारित समयमै छिटो र छरितो एवं शान्तिपूर्ण तरिकाले निर्वाचन सम्पन्न गराउन सहयोग गर्ने सबै राजनीतिक दल, सुरक्षा निकाय, कर्मचारी सबैलाई धन्यबाद दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

हातमा सीप र जाँगर भए स्वदेशमै छ रोजगार

१६ कार्तिक २०७४, बिहीबार २०:५९
सदरलाइन / सुनिता बर्मा १७ कात्तिक, नेपालगन्ज : हातमा सिप र काम गर्ने जाँगर भए खाडिको विभिन्न ठाँउ पुगेर हन्टर खाने युवाका लागि स्वदेश मै खाडिमा भन्दा बढी कमाउन सक्ने नेपालगन्जका मधेशी मुस्लिम युवाहरुले उदाहरण देखाएका छन् । नेपालगन्जको वीपीचोकमा रहेको चाँद सिरक ईन्टर प्राईजेजमा सिरक, डसना तग्दै आएका बिरगन्ज–३ […]