मन्त्रिमण्डल पुनर्गठन सर्यो, भोली गर्ने तयारी

४ मंसिर २०७६, बुधबार १७:३९
 

सदरलाइनडटकम,
काठमाण्डौ : मन्त्रिमण्डल पुनर्गठन बुधवार नहुने भएको छ । नेकपा सचिवालय बैठकपछि बालुवाटारमा बसेका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल बाहिरिएसँगै मन्त्रिमण्डल विस्तार बुधवार नहुने भएको हो ।
प्रधानमन्त्री ओलीले आजै मन्त्रिमण्डल पुनर्गठन तयारी गरेका थिए । तर दुवै अध्यक्ष बुधवार साँझ याक एण्ड यति होटेलमा हुने श्रमसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा जाने भएपछि मन्त्रिपरिषद् पुनर्गठन भोलिसम्मका लागि सरेको हो । ओलीले मन्त्रिपरिषद् पुनर्गठनका लागि अध्यक्ष दाहालसँग पटक पटक छलफल गरेका थिए ।
बुधवारनै बसेको सचिवालय बैठकमा पनि मन्त्री हेरफेरबारे कुराकानी भएको थियो । नेकपामा महासचिव विष्णु पौडेलले हेरफेर हुने मन्त्रीहरुको सुची तयार भइसकेको जनाउँदै अब दुवै अध्यक्षले त्यसलाई अन्तिम रुप दिने जानकारी दिए । मन्त्रिपरिषद् हेरफेर हुने भएपछि बुधवार अधिकांश मन्त्रीहरु मन्त्रालय गएनन् ।
श्रम मन्त्री गोकर्ण विस्टसहितका केही मन्त्री मात्रै मन्त्रालयमा गएका थिए । पाँचदेखि १० जना मन्त्री हेरफेरको तयारी भएको छ । तर बाहिरिने र भित्रिने मन्त्रीहरुको सूची अध्यक्षद्वयसँग मात्रै रहेको महासचिव पौडेलले जानकारी दिए ।

Next Post

विषालु घाँस खाँदा मुगुमा बीस भेडा मरे

४ मंसिर २०७६, बुधबार १७:३९
सदरलाइनडटकम, मुगु : बिषालु घाँस खाँदा मुगुको छायाँनाथ रारा नगरपालिका ५ सुपकोटमा २० वटा भेडा मरेका छन् । छायाँनाथ रारा नगरपालिका ५ का कालीबहादुर बुढाका भेडा जंगलमा चराउन लगिएका बेला जंगलामा पाइने आरे नामक बिषालु डाले घाँस खाएर मरेका हुन् । रारा राष्ट्रिय निकुञ्जभित्र पर्ने माहदेव राराताल नजिकैको वनमा भेडा […]