लुम्बिनी प्रदेशसभाका दुई सांसद अहिर र अग्रवाल अशोक राईतिर लागे

सदरलाइन संवाददाता ३० बैशाख २०८१, आईतवार १९:०३
 

नेपालगञ्ज : लुम्बिनी प्रदेशसभाका दुई जना प्रदेश सभा सदस्यहरु नवगठित जनता समाजवादी पार्टी (जसपा) लाई समर्थन गर्दै सनाखत गरेका छन् । प्रदेशसभामा रहेका तीनमध्ये दुई सांसद अशोक राई नेतृत्वमा जसपामा खुलेर निर्वाचन कार्यालय पुगेर सनाखत गरेका हुन् ।


बाँके निर्वाचन क्षेत्रनं. १ क र ख बाट प्रदेशसभामा निर्वाचित सदस्यहरू भण्डारीलाल अहिर र आदेश कुमार अग्रवालले लुम्बिनी प्रदेश निर्वाचन कार्यालयमा गई जसपाको पक्षमा सनाखत गरेका हुन् । अहिर लुम्बिनी प्रदेशको कृषि मन्त्री समेत रहेका छन् ।

प्रदेशसभाका सबै सांसद नवगठित पार्टीमा सनाखत गर्ने पक्षमा रहेको जसपा निकट स्रोतले दाबी गरेको छ । लुम्बिनी प्रदेशमा ३ जना सांसद रहेकोमा अर्का समानुपातिक निर्वाचन क्षेत्रबाट निर्वाचित अम्बिका काफ्लेले सनाखत नगरे पनि जसपाले आफ्नो पक्षमा सनाखत गर्ने दाबी गरेको छ । यद्यपी प्रदेश सभा सदस्य काफ्लेसंग सो बारेमा जानकारी लिन सम्पर्क गर्नखोज्दा सम्पर्क हुन सकेन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सौन्दर्य क्षेत्रले महिलालाई आत्मनिर्भर बनाउन भूमिका खेलेको छः मन्त्री चौधरी

३० बैशाख २०८१, आईतवार १९:०३
काठमाडौँ :  महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले सौन्दर्य क्षेत्रले महिलालाई आत्मनिर्भर बनाउन ठुलो भूमिका खेलेको बताएकी छन । रोज ब्युटी एकेडेमी र बिलक्षणल क्रियशनले आयोजना गरेको ‘यचु ब्युटिसियन ट्यालेन्ट नेपाल २०२४’ सिजन ६ कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री चौधरीले त्यस्तो बताएकी हुन । सौन्दर्य क्षेत्रले विशेषगरी महिलाहरूलाई रोजगारमा […]