नरैनापुरमा पर्व विशेष शुभकामना आदान प्रदान

२७ आश्विन २०७५, शनिबार २१:३९
 

सदरलाइनडटकम,
नरैनापुर (बाँके) : बाँकेको नरैनापुर गाउँपालिकाले आसन्न सबै पर्वको अवसर पारेर शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ । शनिबार दशैं, तिहार र छठ पर्वको अवसरमा गाउँपालिका कार्यालय नैरनापुरमा शुभकामना आदानप्रदान कार्यक्रम गरिएको हो ।
सो कार्यक्रममा स्थानीय जनप्रतिनिधि, गाउपालिका अन्तरगतका कर्मचारी र स्थानीयबीच गरिएको शुभकामना आदानप्रदान कार्यक्रममा एक आपसमा शुभकामना साटासाट गरिएको थियो । कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाहले पर्वहरुले समाजलाई एक आपसमा जोडेर राखे जस्तै सबै मिलेर अघि बढे नरैनापुरको मुहार फेरिन समय नलाग्ने बताए ।
उनले आफू सबैसंग समन्वय र सहकार्य गरेर अघि बढेको भन्दै नरैनापुरको विकास र समृद्धिका लागि एकजुट हुनुपर्ने आवश्यकता औंल्याए । गाउँपालिका उपाध्यक्ष जयन्तिदेवी श्रीवास्तबले चाडपर्वहरुले बैमनश्य र बैरभाव हटाएर अघि बढ्ने प्रेरणा दिएको बताईन ।
प्रमुख प्रशासकीय अधिकृत दलबहादुर बस्नेतले चाडपर्वहरुले नेपालीहरुलाई एउटै मालामा उने झैं विकास र समृद्धिका लागि जनप्रतिनिधि र कर्मचारीको संयुक्त प्रयास जरुरी हुने औल्याए । नरैनापुरको विकासका लागि जनप्रतिनिधिले कोरेको खाकालाई जीवन्त बनाउन आफूहरु तत्पर रहेको बस्नेतले प्रतिबद्धता जनाए ।

Next Post

डुडुवाको छग्रहवामा जिल्लास्तरिय खुल्ला फुटबल प्रतियोगिता शुरु

२७ आश्विन २०७५, शनिबार २१:३९
सदरलाइनडटकम, डुडुवा (बाँके) : नवदुर्गा युवा क्लब बी कम्दीको आयोजनामा बाँकेको डुडुवा गाउँपालिका वार्ड नं. ५ छग्रहवामा जिल्लास्तरिय खुल्ला फुटबल प्रतियोगिता शुरु भएको छ । गाउँपालिकाको सहयोगमा शुरु भएको प्रतियोगिताको शनिबार एक कार्यक्रमका विच गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले उद्घाटन गरे । प्रतियोगिताको शुभारम्भ गर्दै अध्यक्ष चौधरीले स्वास्थ्यका लागि खेल जरुरी […]