चौथो स्थानमा रहेको नेपाली टोली स्वदेश फिर्ता

२२ भाद्र २०७५, शुक्रबार १६:२६
 

सदरलाइनडटकम,
काठमाण्डौ : एशिया कप छनोट क्रिकेट खेलेर नेपाली टोली स्वदेश फर्केको छ । मलेशियामा सम्पन्न छनोट प्रतियोगितामा दुईमा जीत र तीन खेलमा हार बेहोरेको नेपाली क्रिकेट टोली शुक्रबार स्वदेश फर्केको हो ।
आयोजक मलेशिया र सिंगापुरलाई नेपालले पराजित गरेको थियो भने ओमन, संयुक्त अरब इमिरेट्स (युएई) र हङकङसँग हारेको थियो । उक्त प्रतियोगितामा नेपाल चौथो स्थानमा रहेको छ । भाद्र १३ देखि २१ गतेसम्म सञ्चालन भएको छनोट प्रतियोगितामा ६ राष्ट्र सहभागी थिए ।

Next Post

प्रचण्ड र भारतीय गृहमन्त्री सिंहबीच भेटवार्ता

२२ भाद्र २०७५, शुक्रबार १६:२६
सदरलाइनडटकम, काठमाण्डौ : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दहाल ‘प्रचण्ड’ले सीमा क्षेत्रमा नेपालीमाथि हुँदै आएको लुटपाटलगायतका घटनाबारे भारतीय गृहमन्त्री राजनाथ सिंहको ध्यानाकर्षण गराएका छन् । भारतको नयाँ दिल्लीमा शुक्रवार दिउँसो अध्यक्ष प्रचण्ड र भारतीय गृहमन्त्री सिंहबीच भएको भेटवार्तामा उनले यस्तो ध्यानाकर्षण गराएका हुन् । जवाफमा गृहमन्त्री सिंहले सीमा क्षेत्रका सबै […]

सम्बन्धित