राप्तिसोनारीमा आगलागी हुँदा ढाई लाखको क्षति

सदरलाइन संवाददाता ३० जेष्ठ २०८०, मंगलवार १५:१४
 

नेपालगञ्ज : बाँकेको राप्तिसोनारीमा आगलागी भएको छ । राप्तिसोनारी गाउँपालिका वडा नम्बर ६ गोडियानपुर बस्ने शन्तोष परियारको १ तले २ कोठे काठले बनेको जलि खरले छाएको कच्चि घर, गोठमा आगलागी भएको हो । आगलागी सोमवार राती करिब १ः४० बजे भएको थियो ।

उक्त आगलागी बाट घर भित्रका सम्पुर्ण मालसामान र ६ जिउ बाख्रा जलि मृत्यु भएको छ भने मानविय क्षति नभएको प्रहरी सहायक निरीक्षक फत्ते बहादुरले जानकारी दिए । उनले भने करिब अन्दाजी २ लाख पचास हजार बराबरको क्षति भएको छ ।


प्रहरी र स्थानियको सहयोगमा उक्त आगलागी २ः१५ बजेको समयमा पुर्णरुपमा नियन्त्रणमा आएको सहायक निरीक्षक बहादुरले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेमा खडेरीले धानको बेर्ना सुक्दै, किसान चिन्तित्

३० जेष्ठ २०८०, मंगलवार १५:१४
नेपालगञ्ज : गतबर्ष ढिलैगरि धान रोपेका बाँकेका किसान यसवर्ष पनि उही समस्या दोहोरिने भएपछि चिन्तित् बनेका छन् । सिचाइको प्रचुर उपलब्धता विना आकाशे पानीको भरमा खेती गर्ने बाँकेका किसानलाई पछिल्लोपटक बढ्दै गएको गर्मीले निराश बनाएको छ । बाँकेका किसानलाई धानको बीउ (ब्याड) राख्ने चटारोले छपक्कै छोपेको बेला पानी पर्नुको साटो […]

सम्बन्धित