सदरलाइनडटकम,
रौतहट : रौतहटको सिमावर्ती मठिया प्रहरी चौकी माथि बम प्रहार भएको छ । स्थानीय ईशनाथ नगरपालिका ४ नेपाल भारत सिमा क्षेत्रको मठियामा रहेको प्रहरी चौकीमा भारततर्फबाट आएका अपराधीक समुहले बम प्रहार गरेका हुन् ।
बि आर ०५८ ६५०१ नम्बरको हिरो डिलक्स मोटरसाइकल चढेर आएका आपराधिक समुहले गरेको बम प्रहारबाट सेन्ट्री डिउटी खटिएका प्रहरी जवान रन्जित यादव घाइते भएका छन् । बमको छर्रा लागेर चौकी नजिक रहेको एउटा खसीसमेत मरेको छ । प्रहरी जवान यादव सामान्य घाइते रहेको प्रहरीले जनाएको छ ।
प्रहरीले बम प्रहार गर्ने एक जना भारत ढाकाका २५ वर्षीय चन्दन कुमारलाई पक्राउ गरेको छ । घटनाको थप विवरण आउन बाँकी छ । मोटरसाइकलमा आएका दुईजनाले बम प्रहार गरेको बुझिएको छ । घटनाबारे अनुसन्धान भईरहेको रौतहट प्रहरीले जनाएको छ ।
