विद्यालयहरु बुधवारदेखि ६ दिनसम्म बन्द

सदरलाइन संवाददाता २८ बैशाख २०७९, बुधबार १८:०४
 

नेपालगञ्ज : स्थानीय तह निर्वाचनका लागि बुधवारदेखि ६ दिनसम्म विद्यालयहरु बन्द हुने भएका छन् । सरकारले मतदानको दिन ३० गते मात्रै विदा दिने निर्णय गरेको थियो । तर धेरैजसो सामुदायिक विद्यालयहरुमा मतदान केन्द्र राखिएको, कतिपय शिक्षकहरु निर्वाचनमा खटिएको र कतिपय मतदान गर्न जिल्ला जानुपर्ने भएको भन्दै आजबाट विद्यालयहरु बन्द गरिएको हो ।

यसअघि शिक्षा तथा मानव स्रोत विकास केन्द्रले ७७ वटै शिक्षा विकास तथा समन्वय इकाइलाई मतदान केन्द्र कायम भएका विद्यालयमा २८ गतेदेखि ३० गतेसम्म तीन दिन बिदा दिन निर्देशन दिएको थियो ।


वैशाख ३१ गते शनिबार परेको र सरकारले जेठ १ गतेदेखि आइतबारको दिन पनि सार्वजनिक विदा दिने निर्णय गरेकाले आइतबार पनि विदा हुने छ । जेठ २ गते बुद्ध जयन्ती परेकाले सो दिन पनि सार्वजनिक बिदा हुने छ । त्यसकारण बुधवारबाट ६ दिनसम्म विद्यालयहरु बन्द हुने छन् । हाल देशभर करिब २७ हजार सामुदायिक र करिब ८ हजार निजी विद्यालय छन् ।

सरकारी कार्यालयहरुमा भने निर्वाचनको दिनमा मात्र विदा दिइएको छ । कर्मचारीहरु निर्वाचनमा खटिएकाले सरकारी कार्यालयहरु सीमित कर्मचारीहरुको भरमा सञ्चालन भइरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बझाङमा १४ वर्षीया किशोरी बलात्कृत

२८ बैशाख २०७९, बुधबार १८:०४
नेपालगञ्ज : बझाङमा १४ वर्षीया किशोरी बलात्कृत भएकी छन् । किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा छबिसपाथिभेरा गाउँपालिका–५ बस्ने २६ वर्षीय कृष्ण धामीलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको हो । सोही ठाउँस्थित मौरी खोला जलबिद्युत आयोजना पावर हाउसको भवनमा ती किशोरीलाई धामीले जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी […]