रेडपाण्डाको छालासहित बाँकेमा तीन जान पक्राउ

सदरलाइन संवाददाता १४ माघ २०७७, बुधबार १६:४५
 

कोहलपुर (बाँके) : दुर्लभ बन्यजन्तु रेडपाण्डाको अवैध कारोबारमा संलग्न भएको आरोपमा तीन जना पक्राउ परेका छन । ईलाका प्रहरी कार्यालय कोहलपुरले बुधवार रेडपाण्डाको छालासहित कोहलपुर १२ चप्परगौंडीस्थित एक होटलबाट तीन जनालाई नियन्त्रणमा लिएको जनाएको छ ।

बुधवार बिहान १० बजे रेडपाण्डाको छालाको अबैध कारोबार भईरहेको सूचनाको आधारमा लुम्बिनी प्रदेश प्रहरी ब्युरो र ईलाका प्रहरी कार्यालय कोहलपुरको संयुक्त टोलीले कोहलपुर नगरपालिका १२ चप्परगौंडीस्थित दैलेखी होटलमा छापा मारी तिन जनालाई पक्राउ गरेको हो ।


पक्राउ पर्नेहरुमा सुर्खेत भेरीगंगा नगरपालिका १० का ४० वर्षीय दलबहादुर शाही, जाजरकोट जुनिचाँदी गाँउपालिका ११ का ११ वर्षीय धनबहादुर शाही र सल्यान कुपिण्डेदह नगरपालिका ४ का ३३ वर्षीय भरतबहादुर पुन रहेका छन् ।

प्रहरीले उनिहरु बस्दै आएको होटलको ११३ नम्बर कोठा खानतलासी गर्ने क्रममा झोलामा लुकाई राखेको अवस्थामा २ थान रेडपाण्डाको छाला बरामद गरेको जनाएको छ ।

Next Post

परराष्ट्रमन्त्री ज्ञवालीद्वारा खजुरा अस्पतालको अवलोकन

१४ माघ २०७७, बुधबार १६:४५
खजुरा (बाँके) : नेपाल सरकारका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले खजुरा गाँउपालिकामा रहेको सुशील कोइराला प्रखर क्यान्सर अस्पताल अवलोकन गरेका छन् । बुधवार विहान मन्त्री ज्ञवालीले सो अस्पताल अवलोकन गरेका हुन् । सो अवसरमा वोल्दै मन्त्री ज्ञवालीले बाँकेको खजुरामा रहेको सुशील कोइराला प्रखर क्यान्सर अस्पतालले लुम्बिनी प्रदेशका जनतामात्र नभई कर्णाली प्रदेश, सुदूरपश्चिम […]

सम्बन्धित