घरको छत भत्किँदा एकको मृत्यु, दुई सिकिस्त

२० कार्तिक २०७६, बुधबार १७:३१
 

सदरलाइनडटकम,
बर्दिया : बर्दियामा निर्माणाधीन एक घरको छत भत्किँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । गुलरिया नगरपालिका वडा नम्बर ६ मा निर्माण हुन लागेको दुर्गा गेष्ट हाउसको छत बुधवार विहान भत्किँदा गेष्ट हाउसका मालिक ६० वर्षीय भवी पौडेलको मृत्यु भएको हो ।
यस्तै बढैयाताल गाउँपालिका ९ शक्तिनगरका ३३ वर्षीय मनकराम थारु र सोही ठाउँका १४ वर्षीय नवराज चौधरी घाइते भएको प्रहरीले बताएको छ । घाइतेको बर्दिया जिल्ला अस्पताल गुलरियामा प्रारम्भिक उपचारपछि थप उपचारका लागि नेपालगञ्जस्थित भेरी अस्पतालमा लगिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी निरीक्षक लक्ष्मण वलीले बताए ।
गुलरिया बजार क्षेत्रमा सडक विस्तारको क्रममा सडक क्षेत्र मिचेर बनाएका घर आंशिकरुपमा भत्काएर पुनर्निर्माण गर्दा छत भत्किँदा किचिएर मालिक भवीको मृत्यु हुनुको साथै दुई कामदार गम्भीर घाइते भएका हुन् ।

Next Post

खजुरा सडक मानवमुक्त गाउँपालिका घोषणा

२० कार्तिक २०७६, बुधबार १७:३१
सदरलाइनडटकम, खजुरा (बाँके) : बाँकेको खजुरा गाउँपालिका देशकै पहिलो सहयोगापेक्षी, बेसहारा, अभिभावकविहीन सडक मानवमुक्त गाउँपालिका घोषणा भएको छ । खजुरा गाउँपालिका क्षेत्रभित्र बेसहारा अवस्थामा रहेका ३६ जनालाई उद्धार गरिएकोमा ९ जनालाई नीलसागर सेवा आश्रमको सेवा पश्चात पारिवारीक पुनः मिलन गरेको र २७ जना हाल नीलसागरकै संरक्षणमा रहेका छन् । खजुरा […]