गुलरियाका युवा महिलालाई रोजगार प्रवर्द्धन तालिम

सदरलाइन संवाददाता २६ भाद्र २०८०, मंगलवार १३:२९
 

बर्दिया : बाँके युनेस्को क्लबले बर्दियाको गुलरिया नगरपालिकाका युवा महिलाहरुको रोजगार प्रवर्द्धनका लागि उनिहरुको क्षमता बढाउन तालिमको आयोजना गरेको छ ।

प्लान ईन्टरनेशनल नेपाल र बाँके युनेस्को क्लबको साझेदारीमा बर्दिया जिल्लामा सञ्चालित पर्ल परियोजना अन्तर्गत युवा महिलालाई रोजगारीमा लाग्न सहज होस् भन्ने उद्देश्यले सो क्षमता विकास तालिम प्रदान गरिएको हो ।

रोजगारीको तलाशमा रहेका युवा महिलालाई रोजगारीका लागि बायोडाटा सिर्जना गर्न, रोजगारीका बारेमा विस्तृत जानकारी गराउन र अन्तवार्ता मोडलको अभ्यास गर्न मदत गर्ने उद्देश्यले तालिमको आयोजना गरिएको बाँके युनेस्को क्लबका प्रमुख संरक्षक प्रवेज अलि सिद्दिकीले बताए ।

उनले यस्ता तालिमबाट युवा महिलाको रोजगारी खोज्ने क्षमताको विकास हुने र रोजगारीमा लाग्न मद्दत मिल्ने बताए ।


बाँके युनेस्को क्लबका अध्यक्ष रवि तुलाधरले युवा महिलाको क्षमता विकासका लागि प्रदान गरिएको सो तालिमबाट उनिहरुलाई रोजगारी पाउन ठुलो सहयोग पुग्ने बताए ।

गुलरिया नगरपालिकाका २५ जना युवा महिलाहरुको सहभागिता रहेको सो क्षमता विकास तालिमका प्रशिक्षक बसन्त कुमार विसी रहेका थिए भने पर्ल परियोजनाका संयोजक गोविन्द प्रसाद लामिछानेले सहजिकरण र व्यवस्थापनमा सहयोग गरेका थिए ।

सो तालिममा सहभागि महिलाहरुले तालिमबाट आफुहरुले धेरै कुराहरु सिक्ने अवसर पाएको जनाउँदै यस्ता तालिमले रोजगारीका लागि अगाडी बढ्न निकै सहयोग गर्ने महसुस भएको प्रतिक्रिया दिएको परियोजना संयोजक गोबिन्द प्रसाद लामिछानेले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बर्दियामा ब्राउनसुगर सहित २ जना पक्राउ

२६ भाद्र २०८०, मंगलवार १३:२९
बर्दिया : बर्दियाको बढैयाताल गाउँपालिका–८ कण्ठपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८ सय ९० मिलिग्रामसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सुर्खेत वीरेन्द्रनगर नगरपालिका–२ बस्ने २४ वर्षीय पदम सुनार र बर्दिया बढैयाताल गाउँपालिका–८ बस्ने २७ वर्षीय राज कुमार नेपाली रहेका छन् । भारतबाट नेपालतर्फ पैदल आउँदै […]

ताजा अपडेट