कोहलपुर प्रहरीको हिरासतको शैचालयमा थुनुवा मृत भेटिए

सदरलाइन संवाददाता ११ जेष्ठ २०७९, बुधबार ११:२८
 

कोहलपुर (बाँके) : ईलाका प्रहरी कार्यालय कोहलपुरको हिरासतको शौचालयमा बुधबार बिहान थुनुवा झुण्डिएर मृत अवस्थामा फेला परेका छन् ।

जबरजस्ती करणी उद्योगमा हिरासतमा रहेका कोहलपुर– १२ का ४६ वर्षिय कृष्णलाल कुँवर हिराशतको शैचालयमा भुण्डिएर मृत अवस्थामा फेला परेको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।


ईलाका प्रहरी कार्यालय कोहलपुरका ईन्चार्ज समेत रहेका प्रहरी नायव उपरिक्षक ऐनबहादुर मल्लले बुधबार बिहान करीब ५ बजे तिर कुँवर हिरासतको शौचालयमा झुण्डिएको अवस्थामा फेला परेको जानकारी दिए ।

उनले भने–‘हिरासत कक्षबाट टवाइलेट गएका कुँवर टवाईलेटको भ्यान्टीलेटरमा टिसर्टको पासो घांटीमा लगाएर मृत्युवरण गरेको अवस्थामा भेटिएका हुन ।’ मृतक कुँवरलाई प्रहरीले गत बैशाख १९ गते ७ वर्षे नावालिकालाई जबरजस्ती करणीको प्रयास गरेको जबरजस्ती करणी उद्योगको अभियोगमा नियन्त्रणमा लिएर म्याद थप गरेर आवश्यक अनुसन्धान गरिरहेको थियो ।

प्रहरीले स्थानीय र आफन्तको रोहबरमा आवश्यक मुचुल्का तयार गरी मृतकको शव पोष्टमार्टमको लागि भेरी अस्पताल पठाईएको प्रहरी नायब उपरिक्षक मल्लले जानकारी दिए । एक हप्ता अघि पनि ईप्रका भगवानपुरमा पनि प्रहरी नियन्त्रणमा रहेका जबरजस्ती करणीको अभियोग लागेका ३५ वर्षिय रामपाल यादवको उपचारको क्रममा मृत्यु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालगञ्जमा जसपा–काँग्रेस गठबन्धन कार्यपालिका निर्वाचनमै फुट्यो

११ जेष्ठ २०७९, बुधबार ११:२८
नेपालगञ्ज : स्थानीय निर्वाचन सम्पन्न भएर पदभार ग्रहण गरेको एक हप्ता नबित्दै बाँकेको नेपालगञ्ज उपमहानगरमा कार्यपालिका चयनको विषयमा काँग्रेस–जसपा गठबन्धन फुटेको छ । गठबन्धनबाट जसपालाई बाहिर पठाउदै काँग्रेस–माओवादी र राप्रपाबीच नयाँ गठबन्धन निर्माण गरिएको हो । उपमेयर सहित ६ वडा अध्यक्ष सहित पहिलो स्थानमा रहेको जसपालाई किनारा लगाउदै कार्यपालिकाको निर्वाचनका […]