सदरलाइनडटकम,
नेपालगञ्ज : सहरी विकास मन्त्री मोहम्मद ईस्तियाक राईले सहकारी प्रति सर्वसाधारण भावना जोडिएकोले सबैको विश्वास जितेर अघि बढ्न सुझाव दिएका छन् । उनले शनिबार नेपालगन्जमा नमस्ते वचत तथा ऋण सहकारी संस्थाको १०औं बार्षिक साधारणसभाको उद्घाटन गर्दै सो कुरा बताएका हुन ।
उनले सहकारीको कारण मुलुकको सामाजिक र आर्थिक रुपान्तरणमा मुख्य भूमिका रहेको उल्लेख गर्दै सहकारीलाई विश्वासनिय र पारदर्शि बनाउन शुष्म तरिकाले निगरानी राख्नु पर्ने बाँकेलगायत देशका केही स्थानमा सञ्चालनमा रहेको सहकारीमा देखिएको बिकृति र बिसंङगतीको कारण आवस्थाआएको उल्लेख गरे ।
सहकारीको साधारणसभाको उद्घाटन गर्दै मन्त्री राईले पछिल्लो समयमा सहकारीहरुले जनाताको विश्वास गुमाउदै गएको कारण नेपालगन्ज तथा देश भर नै केही बिकृती देखापरेको उल्लेख गर्दै सहकारीकर्मीले समयमै ध्यान दिन आवश्यक रहेको औल्याए ।
उनले सहकारीले रोजगारि तथा गरिवि निबारणको लागि राज्यलाई ठूलो सहयोग गरेको स्मरण गर्दै गुम्नलागेको विस्वासलाई जोगाउन सबैको दायित्व भएको बताए ।