एमाले डडेल्धुराको अध्यक्षमा साउँद सर्वसम्मत

सदरलाइन संवाददाता २५ पुष २०७८, आईतवार १५:३५
 

नेपालगञ्ज : नेकपा एमाले डडेल्धुराको अध्यक्षमा प्रकाश साउँद सर्वसम्मत चयन भएका छन् । आठौं जिल्ला अधिवेशनबाट वर्तमान अध्यक्षसमेत रहेका साउँद सर्वसम्मत अध्यक्षमा चयन भएका हुन् ।

जिल्ला अधिवेशनबाट उपाध्यक्षमा धनबहादुर धामी (विवेक), सचिवमा गजेन्द्र शाही, उप–सचिवमा मीन बोगटी र अन्जु गैरे चयन भएका छन् । अन्य पदमा पनि सहमतिको प्रयास भइरहेको एमाले डडेल्धुराले जनाएको छ ।


यसअघि सातौं जिल्ला अधिवेशनमा अध्यक्ष पदमा उम्मेदवार बनेका साउँद डा. तारा जोशीसँग हारेका थिए । त्यसपछि उनी नयाँ शक्ति केन्द पार्टीमा गएका थिए । नयाँ शक्ति हुँदै जनता समाजवादी पार्टीमा प्रवेश गरेका नेता साउँद एमाले फुटेपछि पुनः एमाले जिल्ला अध्यक्ष भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

एमाले बाँकेको अध्यक्षमा कक्षपति सर्वसम्मत

२५ पुष २०७८, आईतवार १५:३५
नेपालगञ्ज : ठूलो रस्साकस्सीपछि नेकपा एमाले बाँकेमा नयाँ नेतृत्व चयन भएको छ । अन्ततः अध्यक्ष मण्डलले गरेको प्रस्तावमै सहमती जुटेको हो । सर्वसम्मत नेतृत्व छान्ने प्रयास स्वरुप अध्यक्ष मण्डलले किस्मतकुमार कक्षपतिको अध्यक्षतामा १२० सदस्यीय कमिटी प्रस्ताव गरेको थियो । त्यसैलाई मूर्तरुपमा दिने काम भएको यसअघि अध्यक्षका दावेदार निरक गुरुङले जानकारी […]