इण्डोनेशियाको भूकम्पमा मर्नेको संख्या आठ सय बढी

१४ आश्विन २०७५, आईतवार १६:००
 

सदरलाइनडटकम,
काठमाण्डौ : इण्डोनेशियाको सुलावेसी टापुमा शुक्रवार आएको शक्तिशाली भूकम्प र त्यसपछि आएको विनाशकारी सुनामीका कारण मृत्यु हुनेको संख्या ८ सय ३२ पुगेको छ ।
स्थानीय अधिकारीहरुले आइतवार दिएको पछिल्लो विवरण अनुसार मृत्यु हुनेको संख्या ८ सय ३२ पुगेको र मृतको संख्या अझै बढ्ने बताइएको छ । इण्डोनेशियाका उपराष्ट्रपति जुसुफ कल्लाले पालु शहरका भित्री इलाकासम्म उद्धारकर्ताहरु अझै पुग्न बाँकी रहेकाले मृतकको संख्या ‘हजार’ भन्दा बढी हुनसक्ने बताएको अन्तर्राष्ट्रीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
मृत्यु भएकामध्ये अधिकांश पालु नगरका स्थानीयबासी हुन् । सयौँ घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको अधिकारीहरुको भनाई छ । अस्पतालका भवनहरूमा पनि क्षति भएकाले घाइतेहरूको उपचार खुल्ला ठाउँमा त्रिपाल टाँगेर भइरहेको छ ।
कतिपय मृत्यु भएकाहरुको शव सडकमै छरिएको अवस्थामा भेटिएको छ । भूकम्प र त्यसपछिको सुनामीका कारण पाँच सय जनाभन्दा बढी घाइते भएको समाचारमा जनाइएको छ । इण्डोनेशियाको तटीय शहर पालुमा शुक्रवार ७ दशमलव ५ म्याग्निच्यूडको शक्तिशाली भूकम्पपछि आएको सुनामीले धेरै क्षति गरेको छ ।(एजेन्सीको सहयोगमा)

Next Post

कम्युनिष्ट सरकार असफल भएको काँग्रेस उपसभापति निधिको आरोप

१४ आश्विन २०७५, आईतवार १६:००
सदरलाइनडटकम, दाङ : नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले अहिले पार्टी नेतृत्व विधान संशोधनमा जुटेको बताएका छन् । प्रेस युनियन दाङले आइतवार घोराहीमा गरेको पत्रकार भेटघाटमा निधिले पार्टी अहिले सातवटै प्रदेशका १२ स्थानमा विधान संशोधनका लागि सुझाव संकलनमा जुटेको बताए । संघीय संरचनाअनुसार पार्टीको गतिविधि सञ्चालन गर्नुपर्ने हुदाँ अहिले पार्टीको सबै शक्ति […]