बुटवलमा न्यूरो तथा ट्रमा सेन्टर सञ्चालित

२९ आश्विन २०७६, बुधबार १६:५८
 

सदरलाइनडटकम,
बुटवल : बुटवलमा पहिलो पटक न्यूरो तथा ट्रमा सेन्टर सञ्चालनमा आएको छ । बुटवल उपमहानगरपालिका ८ को सुख्खानगरमा तिनाउ इण्टरनेशनल हस्पिटल प्राइभेट लिमिटेडले न्यूरो तथा ट्रमा उपचारको सेवा शुरु गरेको हो ।
चिकित्सकसहित विभिन्न क्षेत्रका १५ जना व्यक्तिहरुको समूहले १६ करोडको लगानीमा अस्पताल सञ्चालनमा ल्याएको अस्पतालका अध्यक्ष करुण खनालले जानकारी दिए । ५० शैया क्षमता रहेको अस्पतालले २४ शैयाको प्रारम्भिक स्वीकृति पाएको छ । न्यूनतम मापदण्ड पूरा गरी अस्पताल सञ्चालनमा आएको र अस्पताल पूर्णरुपमा वातानुकुलित रहेको अध्यक्ष खनालले बताए ।
हाडजोर्नी तथा ट्रमा सेवा, नशा तथा स्पाइन सर्जरी, न्यूरो सर्जरी, जनरल फिजिसियन, स्त्री रोग तथा प्रसुतिलगायतका सेवा प्रदान गर्ने अस्पतालले बताएको छ । अस्पतालमा १४ जना चिकित्सक रहेका छन् । ट्रमाका कारण हुने आर्थिक तथा मानवीय क्षतिलाई कम गर्न अस्पतालबाट प्रदान गरिने सेवाले सहयोग पुर्याउने वरिष्ठ हाडजोर्नी रोग विशेषज्ञ डाक्टर योगेन्द्र अग्रहरीले बताए ।

Next Post

बाँके निकुञ्जको टेण्डर च्यात्ने सातजना प्रहरीको नियन्त्रणमा

२९ आश्विन २०७६, बुधबार १६:५८
सदरलाइनडटकम, कोहलपुर  :  ईलाका प्रहरी कार्यालय कोहलपुरले बाँके राष्ट्रिय निकुञ्जले खुलाएको टेण्डर च्यात्ने ७ जनालाई नियन्त्रणमा लिएर अनुसंधान सुरु गरेको छ । बुधबार मध्यान्न करिव १२ बजेतिर निकुञ्जभित्र दुई वटा पोष्ट भवन र पर्खाल निर्माणका लागि खुलाएको टेन्डरको दर्ता गर्ने क्रममा एक समुह निकुञ्ज भित्र पसेर टेण्डर फारम च्यातेको हो […]

सम्बन्धित