सुत्केरी हुँदा जटील भएपछि डोल्पाबाट हेलिकप्टरले गर्यो उद्दार

७ फाल्गुन २०७५, मंगलवार २२:१७
 

सदरलाइनडटकम,
नेपालगञ्ज  : घरमै सुत्केरी भएकी डोल्पा काईके गाउपालिका वडानं. २ सहताराकी ४० वर्षिया शान्ति बुढाको साल अड्किएर अत्याधिक रक्तश्राव भई जटिल अवस्थामा पुगेको अवस्थामा हेलिकप्टरबाट उद्दार गरी नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर ल्याईएको छ ।
मंगलबार बिहान ७ बजे घरमै छोरा जन्माएकी बुढालाई अत्यधिक रक्तश्राब भएपछि थप उपचारको लागि महिला बालबालिका तथा सामाजिक विकास मन्त्रालयको पहलमा राष्ट्रपति महिला सुरक्षा कार्यक्रम अन्तरगत नेपाली सेनाको हेलिकप्टरबाट कोहलपुर ल्याईएको बुढाका श्रीमान तेजेन्द्रबहादुर बुढाले जानकारी दिए । बुढा सो वडाको वडा अध्यक्ष समेत हुन ।
पाँचौ सन्तानको रुपमा छोरा जन्माएकी बुढाले समय भन्दा एक महिना अगावै बच्चा जन्माएपछि अत्याधिक रक्तश्राब भएर समस्या भएको हो । ‘समय भन्दा एक महिना अगावै बेथा लाग्यो स्थानीय स्वास्थ्य केन्द्रमा पनि लान भ्याईएन । मंगलबार बिहान ७ बजे छोरा जन्मिएपछि साल नखसेपछि समस्या भएर स्थानीय स्वास्थ्य केन्द्रमा लगिएको र त्यहाँ उपचार संभव नभएपछि हेलिकप्टरमार्फ कोहलपुर ल्याईको हो’–श्रीमान बुढाले भने ।
उनले घरमा रत्तश्राव हुन थालेपछि साढे १२ बजे स्थानीय काईके स्वास्थ्य केन्द्रमा पुराएको बताए । स्वास्थ्य केन्द्रमा उपचार संभव नभएपछि सेनाको हेलिकप्टर मार्फत नेपालगन्ज ल्याइएको हो । हेलिकप्टरले ४ बजे काइकेबाट विरामी लिएर कोहलपुर आएको थियो ।

Next Post

स्ववियु निर्बाचनको माग गर्दै अखिलद्वारा नेपालगञ्जको महेन्द्र बहुमुखी क्याम्पस घेराउ

७ फाल्गुन २०७५, मंगलवार २२:१७
सदरलाइन / राज सुवेदी,  नेपालगञ्ज  : स्ववियु चुनावको कार्यतालिका तत्काल घोषणा गर्नको लागि दबाब दिन अनेरास्ववियु र अनेरास्ववियु क्रान्तिकारीद्वारा संयुक्त रुपमा नेपालगञ्जको महेन्द्र बहुमुखी क्याम्पस घेराउ गरिएको छ । केन्द्रको निर्देशन अनुसार स्ववियु चुनावको कार्यतालिका तत्काल घोषणा गर्ने देशब्यापी आन्दोलनको कार्यतालिका अनुसार अनेरास्ववियु र अनेरास्ववियु क्रान्तिकारीले संयुक्त रुपमा मंगलबार महेन्द्र […]