राजकीय भ्रमण सकेर राष्ट्रपति सी स्वदेश फिर्ता

२६ आश्विन २०७६, आईतवार १५:३८
 

सदरलाइनडटकम,
काठमाण्डौ : नेपालको दुईदिने राजकीय भ्रमणमा आएका चिनियाँ राष्ट्रपति सी जिनपिङ स्वदेश फिर्ता भएका छन् । दुईदिने भ्रमण सकेर उनि आइतबार दिउँसो त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट स्वदेश फिर्ता भएका हुन् । उनलाई राष्ट्रपति विद्यादेवी भण्डारीले विमानस्थलमै पुगेर बिदाई गरेकी थिईन । बिदाइ समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, मन्त्रीपरिषद्का सदस्य लगायतको सहभागिता रहेको थियो । बिदाईका क्रममा नेपाली सेनाले सम्मान अर्पण गरेको थियो ।
सोल्टी होटेलबाट विमानस्थल फर्कने क्रममा राष्ट्रपति सीलाई बिदाइ गर्न सडकमा सरकारी कर्मचारी, सर्वसाधरणको उल्लेख्य सहभागिता थियो । समकक्षी विद्यादेवी भण्डारीको निमन्त्रणामा उनि शनिवार साँझ काठमाण्डौ आएका थिए । राष्ट्रपति सी स्वदेश फर्कुनअघि आईबार दुई देशबीच उच्चस्तरीय वार्ताका साथै विभिन्न २० वटा समझदारी पत्र आदानप्रदान गरिएको थियो ।
राष्ट्रपति सीले दुई दिने बसाईका क्रममा समकक्षी विद्यादेवी भण्डारीका साथै प्रधानमन्त्री केपी शर्मा ओली, सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल, प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा तथा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनासँग भेट गरेका थिए । यस्तै राष्ट्रपति सीसँग नेपाल कम्युनिष्ट पार्टीका सचिवालय सदस्यहरुले समेत सामूिहक भेट गरेका थिए । शनिवार राति आयोजित रात्रीभोजमा भूपरिबेष्ठित देशबाट भूजडित देश हुने घोषणा राष्ट्रपति सीले चीन बढीभन्दा बढी व्यापारिक नाका खोल्न तयार रहेको बताउनुभएको थियो ।
रात्रीभोजकै क्रममा नेपाली नागरिकको जीवनस्तर उकास्न’ चीनले ५६ अर्ब रुपैयाँ सहयोगस्वरुप उपलब्ध गराउने प्रतिबद्धता पनि व्यक्त गरेको छ । राष्ट्रपति सीको भ्रमणले दुई देशबीचको सम्बन्ध थप सुदृढ बनाउन र आपसी सहयोग आदानप्रदान गर्न सहयोग पुग्ने नेपाल सरकारले विश्वास लिएको छ । यस अर्थमा पनि सीको भ्रमणलाई निकै महत्वका साथ हेरिएको छ ।

Next Post

मठमन्दिरमा बसेर भिक्षा माग्न निषेध गरिँदै

२६ आश्विन २०७६, आईतवार १५:३८
सदरलाइनडटकम, बुटवल : भिक्षा माग्ने कामलाई पेशा जस्तो बनाएको भन्दै प्रदेश ५ का सामाजिक विकास मन्त्री सुर्दशन बरालले मठ मन्दिरमा बसेर भिक्षा माग्न निषेध गर्ने तयारी भएको बताएका छन् । मानव सेवा आश्रमले आइतवार बुटवलमा गरेको एक कार्यक्रममा बोल्दै मन्त्री बरालले सोमवारदेखि सिद्धबाबा मन्दिरबाट भिक्षा माग्न निषेध गरिने जानकारी दिए […]