बाँकेमा कोरोनाका ५ संक्रमित थपिँदा १३ जना डिस्चार्ज

सदरलाइन संवाददाता १० भाद्र २०७९, शुक्रबार १३:१९
 

नेपालगञ्ज : बाँकेमा शुक्रवार थप ५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । भेरी अस्पतालमा १० जनाको नमूना परीक्षण गर्दा २ जना र राप्तीसोनारी गाउँपालिकामा ३ गरी ५ जनामा भाइरस संक्रमण पुष्टि भएको जिल्ला कोभिड–१९ व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज वलीले जानकारी दिए ।

संक्रमण पुष्टि भएकामध्ये ३ जना बाँकेका हुन् भने २ जना जिल्ला बाहिरका हुन् । योसँगै जिल्लामा कोरोना संक्रमितको संख्या २१ हजार ३३३ पुगेको छ ।


यस्तै शुक्रवार थप १३ जना निको भएका छन् । योसँगै जिल्लामा निको हुनेको संख्या २० हजार ९३७ पुगेको छ । अहिले जिल्लामा सक्रिय संक्रमितको संख्या ४३ जना रहेको वलीले बताए । एक जनाको भेरी अस्पतालको कोभिड आइसोलेसन वार्डमा उपचार भइरहेको छ भने ४२ जना होमआइसोलेशमा बसिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

अटवारी पर्वमा कैलाली र कञ्चनपुरमा सार्वजनिक बिदा

१० भाद्र २०७९, शुक्रबार १३:१९
नेपालगञ्ज : कैलाली र कञ्चनपुरमा आइतबार सार्वजनिक बिदा दिइएको छ । यही भदौ १२ गतेका दिन सुदूरपश्चिम प्रदेश सरकारले थारु समुदायको अटवारी पर्वका लागि सार्वजनिक बिदा दिने निर्णय गरेको हो । प्रदेश सरकारले थारु समुदायको अटवारी पर्वको अवसरमा दिएको बिदाको मिति संशोधन गरेर भदौ १२ गते कायम गरेको हो । […]