निःशुल्क आँखा शिविरमा १४ सय लाभान्वित

सदरलाइन संवाददाता २२ मंसिर २०८०, शुक्रबार १४:०८
 

नेपालगञ्ज : बाँकेको राप्तीसोनारी गाउँपालिकामा भएको आँखा शिविरमा १४ सय जना लाभान्वित भएका छन् । चार वटा वडाका पाँच स्थानमा संचालित १ हजार ४ सय जनाको आँखा चेकजाँच गरिएको हो । आँखाका बिरामीलाई लक्षित गरी आयोजना गरिएको निःशुल्क मोतिबिन्दु छनौट तथा आँखा शिविरमा उनीहरुको आँखा चेकजाँच गरिएको हो । आँखा चेकजाँच गर्दा १ सय ४९ जनामा मोतिबिन्दु देखिएको छ ।

राप्तीसोनारी गाउँपालिकाको आयोजना र तिलगङ्गा आँखा प्रतिष्ठान, तिलगङ्गा सर्जिकल आँखा केन्द्र राप्ती–५, सिसहनिया दाङको प्राविधिक सहयोगमा राप्तीसोनारी गाउँपालिका वडा नं.२ कचनापुर स्वास्थ्य चौकी र वडा नं.५ बिनौना स्वास्थ्य चौकीमा गरिएको निःशुल्क मोतिबिन्दु छनौट तथा आँखा शिविरमा मात्रै ४ सय ७९ जनाले सेवा लिएको स्वास्थ्य शाखा प्रमुख देवेन्द्र केसीले जानकारी दिए । उनका अनुसार वडा नं.२ मा २ सय ४७ जनाको आँखा चेकजाँच गर्दा ३८ जनामा मोतिबिन्दुको समस्या देखिएको छ । ४३ जनालाई ल्याव सेवा प्रदान गरिएको छ ।

यसैगरी बिनौना स्वास्थ्य चौकीमा गरिएको शिविरमा २ सय ३२ जनाको आँखा चेकजाँच गरिएको छ । ती मध्ये ३० जनामा मोतिविन्दुको समस्या देखिएको स्वास्थ्य शाखा प्रमुख केसीले बताए । २९ जनालाई चश्मा सहायता पर्ने अवस्था देखिएका बिरामी समेत फेला परेका छन् । पहिलो दिन वडा नं. ८ को पेरानी आधारभूत स्वास्थ्य सेवा केन्द्र तथा वडा ९ को महादेवपुरी स्वास्थ्य चौकीमा सञ्चालन गरिएको शिविरमा ५ सय २५ जनाको आँखा चेकजाँच गरिएको छ ।


जस मध्ये ७० जनामा मोतिबिन्दुको समस्या देखिएको थियो । वडा नं. ८ पेरानी आधारभूत स्वास्थ्य केन्द्रमा २ सय ४५ जनाको आँखा जाँच गरिएकोमा ४३ जनामा मोतिबिन्दु देखिएको छ । वडा नं. ९ को महादेवपुरी स्वास्थ्य चौकीमा २ सय ८० जनाको आँखा चेकजाँच गरिएकोमा २७ जनामा मोतीबिन्दुको समस्या देखिएको स्वास्थ्य शाखाका सुरेशकुमार शर्माले जानकारी दिए ।

राप्तीसोनारी गाउँपालिका अध्यक्ष तप्तबहादुर पौडेलले आँखाको समस्याले पीडित बनेका पालिकावासीहरुलाई घरदैलोमै सेवा प्रवाह गर्ने उद्देश्यका साथ शिविर गरिएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

आर्थिक सास्तीविरुद्ध व्यवसाय उत्थान संघर्ष समिति गठन

२२ मंसिर २०८०, शुक्रबार १४:०८
नेपालगञ्ज : बैंक तथा वित्तीय संस्थाले दिएको सास्तीविरुद्ध नेपालगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष टंकबहादुर धामी संंयोजक रहेको १००१ सदस्यीय व्यवसाय तथा व्यवसायी उत्थान संघर्ष समिति गठन गरिएको छ । समितिको संरक्षकमा अब्दुल वाहिद मन्सुरी र संघका महासचिव भीमबहादुर रानाभाट सदस्य सचिव रहेका छन् । समितिको सचिवालय भने ४१ सदस्यीय मात्र […]