डा. रोमाले भनिन : मनोबल उच्च राखे सजिलै जित्न सकिन्छ कोरोना

१ भाद्र २०७७, सोमबार १८:४१
 

 

नेपालगञ्ज : नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालमा कार्यरत बालरोग विषेशज्ञ डा. रोमा बोरा सोमबार कोरोना संक्रमण मुक्त भएर घर फर्किएकी छन् ।

भेरी अस्पतालको आईशोलेशनबाट उनी डिस्चार्ज भएकी हुन । उनले आफ्नो सामाजिक फेशबुकवालमा लेखेकी छन्–‘ बिश्व माहामारीको रुपमा फैलिएको कोबिड–१९ बाट संक्रमित भइ आइसोलेट भएको पनि आज चौध दिन पुरा भएछ । स्वास्थ्य मन्त्रालयको मापदण्ड पुरा गरी पुर्णरुपमा स्वास्थ भएर म आज घर फर्कदैछु । मेरो स्वास्थ अवस्था प्रति चासो र चिन्ता गरि प्रत्यक्ष अप्रत्यक्ष रुपमा मेरो स्वास्थ्यलाभको कामना गर्नुहुने सबै मेरा आदरणीय ब्यक्तित्वहरुमा हार्दिक आभार प्रकट गर्दछु ।’

उनी संक्रमित विरामीको उपचारको क्रममा नै आफु संक्रमित भइ आईशोलेशनमा जाँदा आफ्नो मनोबल बढाउन हौसला दिने सबैलाई धन्यबाद समेत दिएकी छन् । उनले संक्रमणबाट जोगिन स्वास्थ्य सुरक्षा तथा सर्तकता अपनाउदै तोकिएको नियम पालना गर्न आग्रह गरेकी छन् ।


आफु संक्रमणमा परेपछि उनी सुरुमा मेडिकल कलेज शिक्षण अस्पतालले निर्माण गरेको आईशोलेशनमा बसेकी थिईन । त्यहााको व्यवस्थापकिय असहजताको कारण भेरी अस्पतालको आईशोलेशनमा बसेर कोरोना जितेर घरफर्केकी हुन ।

कोरोना संक्रमण मुक्त भएकी डा. बोरालाई भेरी अस्पतालका मेसु डा प्रकाशबहादुर थापा, सिनियर सर्जन डा श्यामसुन्दर यादव, मेडिकल विभाग प्रमुख डा राजन पाण्डे, नर्सिङ्ग प्रशासक दुर्गालक्ष्मी श्रेष्ठलगायतले पुष्पगुच्छा दिएर डिस्चार्ज गरेका थिए ।

 

 

Next Post

कोरोना मुक्त हुँदैगर्दा सामाजिक सञ्जालबाट नेपालगञ्जका प्रवक्ताले भने सबैलाई धन्यबाद !

१ भाद्र २०७७, सोमबार १८:४१
नेपालगञ्ज  : जनताको गुनासो सन्दासुनदै कोरोना संक्रमित भएका नेपालगञ्ज उप–महानगरपालिकाका प्रबक्ता तथा वडा नम्बर १ का वडाध्यक्ष प्रमोद रिजाल सोमबार कोरोना मुक्त भएर घर फर्केका छन् । कोरोना संक्रमण पुष्टि भएपछि सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको एकान्तवास केन्द्रमा रहेका रिजाललाई सोमबार भेरी अस्पताल विकास समितिका अध्यक्ष प्रमोद धिताल, धम्बोझी क्लवका […]

सम्बन्धित