प्रेस पास नवीकरण गर्न राष्ट्रपति जिनपिङको विचारधाराबारे परीक्षा दिनुपर्ने

४ आश्विन २०७६, शनिबार १४:०२
 

सदरलाइनडटकम,
काठमाण्डौ : चिनियाँ पत्रकारहरुले राष्ट्रपति सी जिनपिङको विचारधाराका बारेमा एउटा परीक्षा पास गर्नुपर्ने भएको छ । चिनियाँ पत्रकारले राष्ट्रपति सीको समाजवादी विचारधाराका बारेमा आफ्नो ’पोजिसन’ के हो भन्ने कुराको परीक्षा पास गर्नुपर्ने छ । गएको महिना चिनियाँ सञ्चारमाध्यमलाई नियमन गर्ने संस्थाले राज्यका दर्जनभन्दा बढी समाचार संगठनलाई बेइजिङमा सूचना पठाएको थियो ।
यसले कर्मचारीहरुलाई ‘स्टडी सी’ प्रोपोगाण्डा एप सम्बन्धमा एक परीक्षाका लागि तयार गर्न निर्देश दिन्छ । यो एप यस वर्षको सुरुवातमा लञ्च गरिएको थियो । पत्रकारहरुको प्रेस दस्तावेज नवीकरण गर्न यो परीक्षा उत्तीर्ण गर्नु जरुरी हुनेछ । यो नियमन चाँडै नै देशभरिका चिनियाँ पत्रकारहरुमा लागू हुने धेरैले विश्वास गरेका छन् ।
बेइजिङ बाहिरका रहेका दुई पत्रकारहरुले उनीहरुको प्रकाशन गृहले पनि एप पञ्जीकरण गर्न सूचना पठाएको अन्तर्रा्ष्ट्रिय सञ्चारमाध्यम गार्जियनलाई बताए । चीनको सञ्चारमाध्यम नियामक संस्था मिडिया रिफर्मका अनुसार पत्रकारहरुलाई लिइने परीक्षा त्यति कठिन हुनेछैन ।
सम्पादकहरुले आफ्ना संवाददाताहरुलाई पठाएको सन्देशमा समाचार संगठनलाई अध्ययन समूह स्थापना गर्न र परीक्षाका लागि तयारी गर्न भनिएको छ । परीक्षा एक पटक मात्र लिन सकिने जनाइएको छ । पत्रकारहरुले आफ्नो प्रेस कार्ड हरेक पटक नवीकरण गर्नु पर्ने हो वा ५(६ वर्षको अन्तरालमा नवीकरण गर्नुपर्ने हो, यकिन नभएको बताएका छन् ।
(एजेन्सी)

Next Post

प्रकाश दाहाल स्मृति कप भलिबलको उपाधि पुलिस क्लबलाई

४ आश्विन २०७६, शनिबार १४:०२
सदरलाइनडटकम, काठमाण्डौ : प्रकाश दाहाल स्मृति कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जितेको छ । फाइनलमा चीर प्रतिद्वन्द्वी त्रिभुवन आर्मीलाई ३–० को सोझो सेटमा हराउँदै प्रहरीले उपाधि उचालेको हो । चार दिन अगाडि हुने भनिएको फाइनल वर्षाका कारण शनिवारका लागि सारिएको थियो । आर्मीका मुख्य खेलाडी मानबहादुर […]