बर्दिया : गुलरिया नगरपालिकाले बर्दिया अस्पताल, गुलरियालाई एक शव वाहन र सातवटा बेड सिट सहयोग गरेको छ । नगर प्रमुख मुक्तिनाथ यादवले एक समारोहबीच शव वाहन र बेड सिट हस्तान्तरण गरेका हुन् ।
सामाजिक परिक्षण आमभेला कार्यक्रममा शव वाहन र बेड सिट नगर प्रमुख यादवले अस्पताल विकास समितिका अध्यक्ष नारायण गौतमलाई हस्तान्तरण गरेका हुन् ।
नगरपालिकाको आर्थिक लगानीमा उक्त शव वाहन खरिद गरिएको थियो । जिल्ला अस्पतालमा ५० शय्या छन् ।