सदरलाइनडटकम,
नेपालगञ्ज : मोटरसाइकलको ठक्कबरबाट नेपालगञ्जमा एक युवतीको मृत्यु भएको छ । नर्सिङ होम अगाडी शनिवार विहान १० बजे मोटरसाइकलको ठक्करबाट दाङको गढवा ७ बस्ने २२ बर्षीया सीता चौधरीको मृत्यु भएको हो ।
स्पेलेन्डर मोटरसाइकलले ठक्कर दिँदा गम्भीर घाइते भएकी युवतीको नर्सिङ होम लैजाँदै गर्दा मृत्यु भएको प्रहरीले बताएको छ । पैदलयात्री ती युवतीलाई ठक्कर दिने मोटरसाइकलसहित चालक फरार रहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । फरार रहेको मोटरसाइकल र चालकको खोजीका लागि सबै प्रहरी युनिटलाई जानकारी गराइसकेको प्रहरीले बताएको छ ।
