३२ औं गृष्मकालिन ओलम्पिकको पहिलो स्वार्ण चीनलाई

सदरलाइन संवाददाता ९ श्रावण २०७८, शनिबार १०:५६
 


एजेन्सी : चीनकी याङ किएनले जापानमा जारी टोकियो ओलम्पिकको पहिलो स्वर्ण जितेकी छन् । उनले सुटिङको महिला १० मिटर एअर राइफल स्पर्धामा स्वर्ण जितेकी हुन् ।

२१ वर्षीय याङले रसियन ओलम्पिक कमिटीकी अनास्टासिय गालासिनालाई पछि पारिन् । गालासिनाले रजत जितिन् । यस्तै स्विट्जरल्याण्डकी निना क्रिस्टेन तेस्रो हुँदै कांस्य पदक पाइन् । चीनकी याङले स्वर्ण जित्ने क्रममा २५१।८ को ओलम्पिक रेकर्ड स्कोरसमेत बनाइन् । गालासिनाले १५१।१ स्कोर गरेकी थिइन् ।

पहिलो पटक ओलम्पिकमा प्रतिस्पर्धा गरेकी चीनकी याङलाई टोकियो २०२० को पहिलो स्वर्ण जितेपछि अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीका अध्यक्ष थोमस बाकले मेडल प्रदान गरेका थिए । यसै स्पर्धामा नेपाली खेलाडी कल्पना परियारले व्यक्तिगत कीर्तिमान सुधार गरेकी छन् । तर उनी पहिलो चरणबाटै बाहिरिइन् ।

नेपाली जुडो खेलाडी सोनिया भट्ट भने टोकियो ओलम्पिक–२०२० मा पहिलो खेल मै पराजित भएकी छिन् । उनी  बाँकेको खजुरा गाउपालिकाकी स्थायी बासिन्दा हुन ।ओलम्पिकको दोस्रो दिन अर्थात शनिबार बिहान भएको भएको राउण्ड अफ ३२ अन्तर्गत महिलाको ४८ केजी तौल समूहमा सोनिया रुसी खेलाडी इरिना डोल्गोभासँग पराजित भएकी हुन् ।


विश्व वरीयताको नवौं स्थानमा रहेकी इरिनासँग सोनिया इप्पोनको आधारमा पराजित भइन् । सोनिया १ मिनेट १६ सेकेण्ड मात्रै खेलमा टिकिन् । यदी इरिनाले फाइनलमा स्थान बनाएको खण्डमा सोनियाले रिपेचमार्फत फेरि प्रतिस्पर्धा गर्न पाउने छिन् । १९ वर्षीय सोनिया वाइल्डकार्ड मार्फत  ओलम्पिकमा  छनोट  भएकी हुन् ।

सोनिया २०७६ मा नेपालमा आयोजना भएको १३औं दक्षिण एसियाली खेलकुद सागमा महिला ४८ केजीमुनि कास्य जितेकी थिइन् । उनी विश्व जुडो च्याम्पियनसिपमा एक बाउट जित्ने पहिलो नेपाली खेलाडी हुन् । उता डोपिङ कारण रुस प्रतिबन्धमा रहेकोले इरिनाले रुस ओलम्पिक कमिटिको झण्डामुनि रहेर प्रतिस्पर्धा गरिरहेकी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

दङ्गाली युवक एलेक्सले टोकियो ओलम्पिकमा पौडिको १०० मिटर ईभेन्टमा प्रतिश्पर्दा गर्दै

९ श्रावण २०७८, शनिबार १०:५६
दाङ्ग : जापानको टोकियोमा सुरु भएको ३२औं गृष्मकालीन ओलम्पिकमा नेपाली झण्डा बोक्न पाउने एलेक्सजेण्डर शाह (एलेक्स) दंगाली युवक हुन भन्दा सायदै धेरैलाई थाहा नहुन सक्छ । तर, यो सत्य हो । एलेक्स दाङ्गका प्रतिष्ठित व्यवसायि घरानाका साथै पुराना राजनीतिज्ञ रणबहादुर शाहका नाती तथा सञ्जय शाहका छोरा हुन । शुक्रबार सुरु […]

ताजा अपडेट