बुधवारदेखि नयाँ नोट साट्न थालियो

सदरलाइन संवाददाता २९ भाद्र २०७९, बुधबार १३:५९
 

नेपालगञ्ज : नेपाल राष्ट्र बैंकले बुधवारदेखि नागरिकहरुलाई नयाँ नोट दिन थालेको छ । राष्ट्र बैंक र वाणिज्य बैंकहरूबाट आजदेखि नागरिकले नयाँ नोट साट्न सुरु गरेका छन् ।

नेपालीहरुको महान् चाड दसैँका लागि बुधवारदेखि नागरिकले नयाँ नोट साट्न पाएका छन् । दसैँमा टीका लगाउँदा परिवारका ज्येष्ठ सदस्यले नयाँ नोट दिने परम्परा छ ।


यस वर्ष राष्ट्र बैंकले ५, १०, २०, ५० र १०० रुपैयाँका नोट वाणिज्य बैंकहरूलाई १२–१२ ड्रक्साका दरले ६० ड्रक्सा, विकास बैंकलाई चार–चार ड्रक्साका दरले २० ड्रक्सा र फाइनान्स कम्पनीलाई दुई–दुई ड्रक्साका दरले १० ड्रक्सा नोट दिएको छ । बैंक तथा वित्तीय संस्थाले निश्चित शाखा कार्यालयहरूबाट नयाँ नोट सटही गर्ने गर्दछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

जोखिमपूर्ण अवस्थामा रहेको १६ नेपाली बालकको उद्धार

२९ भाद्र २०७९, बुधबार १३:५९
नेपालगञ्ज : जोखिमपूर्ण रुपमा भारतको उत्तर प्रदेश पुर्याइएका १६ नेपाली बालकको उद्धार गरिएको छ । भारतको गोण्डा र सिद्धार्थनगरस्थित बालगृहबाट उनीहरुलाई शान्ति पुनःस्थापना गृह नेपाल र देहरादुनस्थित हेल्प क्रस संस्थाको समन्वयमा बुधबार उद्धार गरी नेपाल ल्याइएको शान्ति पुनःस्थापना गृहका नेपालगञ्जस्थित क्षेत्रीय संयोजक भूमि भट्टराईले जानकारी दिए । उनका अनुसार, रुपन्देहीको […]